प्रेस युनियन तनहुँद्वारा तीन पत्रकारलाई पुरस्कृत गरिने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ४

नेपाल प्रेस युनियन तनहुँले तिन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनको आगामी शनिबार हुने आठौं जिल्ला अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको युनियनले जनाएको छ । युनियनले आफ्नो मातहतमा स्थापित पुरस्कारहरुबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेत, गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अधिकारीले बताए ।

प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले बताए । पुरस्कारको राशी जनही १० हजार रहेको छ । आगामी जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौं औं अधिवेशनका अवसरमा प्रदान गरिनेछ । अधिवेशनको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने प्रेस युनियन तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण