दमौली, जेठ २५
नेपाल घरेलुु तथा साना उद्योग महासंघको ३४ औं स्थापना दिवसको अवसरमा बुधबार दमौलीमा उद्यमी सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।




महिला उद्यमी समिति तनहुँद्वारा आयोजीत उद्यमी सम्मान साथै अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमान सिंह गुरूङ, व्यास नगरपालिका उपप्रमुख ईन्दिरा दरै, नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँकी संस्थापक उपाध्यक्ष मछिन्दा देवी श्रेष्ठ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष सावित्री श्रेष्ठले आत्मनिर्भरको लागि सबै जना उद्यमी बन्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँकी अध्यक्ष एवं महिला उद्यमी समितिकी अध्यक्ष कल्पना गौलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विभिन्न कार्यालयका प्रमुखहरु, पत्रकार, विभित्र संघसंस्थाका अध्यक्ष, आमा समुहका अध्यक्ष तथा उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा उद्यमी महिलाहरुलाई सम्मान समेत गरिएको थियो । साथै व्यास कोशेली घरको अवलोकन समेत गरिएको थियो ।














