चर्को खडेरीले मकैको बोट सुक्यो, ६० प्रतिशतसम्म उत्पादन घट्न सक्ने

शेयर गरौ

दमौली, जेठ २५

यसवर्ष चर्को खडेरीले मकैक‍ो बोट सुक्न थालेको छ । लगातारको खडेरीले जिल्लाका विभिन्न भागमा लगाईएको मकैमा ठुलो असर परेको छ ।

प्रमुख खाद्य बालीको रुपमा रहेको मकैलाई खडेरीले असर गरेपछि यसवर्ष मकैको उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका प्राय सबै भागमा चर्को घाम र  खडेरीले मकैमा ठुलो असर गरेको बताए । खडेरीका कारण यसवर्ष मकै उत्पादनमा ६० प्रतिशतसम्म कमी आउने प्रमुख तिवारीले अनुमान गरेका छन् ।

सिंचाइको कमीका कारणले पनि खडेरीबाट मकैलाई जोगाउन निसकिएको कृषकहरुको भनाई छ । स्थानीय तहले खडेरीको असरको मुल्यांकन गरि पीडित कृषकहरुलाई राहत दिनुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले