सरकार भित्र भित्रै रोग पालेर बाहिर स्वस्थ बनेको नाटक गर्दैछः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २५
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले सरकार भित्र भित्रै रोग पालेर बाहिर स्वस्थ बनेको नाटक गरिरहेको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको विहिबारको बैठकमा बजेट सम्बन्धी छलफलमा भाग लिँदै नेकपा एमालेकी सांसद न्यौपानेले सरकार भित्र भित्रै रोग पालेर बाहिर स्वस्थ देखिन चाहेको तर रोगको कारण खोज्न नचाहेको आरोप लगाईन् । अहिले देशको अर्थतन्त्र निकै कमजोर भईसकेको भन्दै सांसद न्यौपानेले बिग्रेको अर्थतन्त्र सुधार्न प्रतिपक्षी दलहरुको सुझाव सरकारले ग्रहण गर्नु पर्ने बताईन् ।

नदी तर्दा डुङ्गा डुब्यो भने सबै यात्रुहरु डुबे जस्तै देशको अर्थतन्त्र डुब्दा सिङ्गो देश र जनता डुब्ने भएकोले यसबाट पार लगाउन प्रतिपक्षले सरकारलाई सहयोग गर्न तयार रहेको न्यौपानेले बताईन् । देशको अहिलेको अवस्थाबाट देशलाई पार लगाउन प्रतिपक्षहरुले दिएको सुझावलाई पनि सरकारले ग्रहण गर्नु पर्ने उनको भनाई थियो ।  ‘अर्थतन्त्र सुधारकोलागि हामी छलफल गर्छौ तर मन्त्रीहरुले सुन्नेमात्र गर्छन् सुझावहरु सम्बोधन हुँदैन’ सांसद न्यौपानेले प्रश्न गरिन् ‘त्यसैले यो छलफलको औचित्य के हो ?, छलफललाई परम्पराको रुपमा मात्रै गर्ने हो की सुझाव पनि कार्यान्वयन गर्ने हो ?’

अर्थतन्त्रको बारेमा छलफल गर्दा दिईएका सुझावलाई प्रतिपक्षीले विरोध गरेको भन्ने गरिएको गुनसो गर्दै न्यौपानेले अमेरिकामा विगतमा आर्थिक मन्दी हुँदा व्यापक छलफल गरि आर्थिक मन्दीको बारेमा कारण पत्ता लगाएपछि अर्थतन्त्रलाई मर्मत गर्ने प्रतिबद्धता जनाएर त्यसलाई कार्यान्वयन गरेको उदाहरण पेश गरिन् । ‘तर हाम्रो देशमा आर्थिक मन्दी हुँदा वास्तविक कारणलाई नखोजी युक्रेन र रुसको युद्धलाई दोष दिईन्छ ।’ सांसद न्यौपानेले भनिन् ‘आर्थिक मन्दीको घरेलु कारण खोज्न चाहेका छैनन् ।’

‘आर्थिक मन्दीबाट देशलाई बचाउनको लागि गोलमेच सम्मेलन गर्न सरकार तयार छ ?, देशमा राजश्व कति राजश्व कति उठेको छ ?’ उनले भनिन् ‘सरकारको लक्ष्य कति हो भन्ने बारेमा सरकार आफै अन्यौलमा छ ।’ ‘चिनियाँ अर्थतन्त्र कसरी सुधार भयो भन्ने बारेमा पनि अध्ययन हुनुपर्छ, छिमेकीहरुले गरेको अर्थतन्त्रको सुधारको बारेमा अध्ययन हुनु पर्छ ।’ देश घाटा बजेटमा चलिरहेको भन्दै उनले झण्डै १३ खर्बको राजश्व उठाउने सरकारको लक्ष्य कसरी पुरा हुन्छ ? भन्ने प्रश्न गरिन् । चालु आर्थिक वर्षमा मात्रै करिब ३ खर्बको राजश्व कमी भएको हुँदा लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन भने अर्थमन्त्रीले सदनलाई जवाफ दिनु पर्ने न्यौपानेको भनाई थियो ।

सरकारले विद्युत बेच्नुको साटो नदी नाला नै भारतलाई सुम्पिने नीति लिएको भन्दै उनले विद्युत उत्पादनमा नेपालीहरुलाई नै संलग्न गराई बिजुली बिदेशीलाई बेच्नु पर्नेमा जनताको अविश्वास गरि नदी नाला नै भारतलाई सुम्पिने नीतिमा सरकार लागेको आरोप लगाईन् । सांसद न्यौपानले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउनु पर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री