सुत्केरी गराउने क्रममा व्यास १२ की शर्मिला र शिशुको पोखरामा मृत्यु

Devghat Online

शेयर गरौ

पोखरा, जेठ ३०

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार राती सुत्केरी गराउने क्रममा महिला र नवजात शिशु दुवैको मृत्यु भएको छ । गत जेठ २८ गते भर्ना भएकी व्यास नपा–१२ कमलवारीकी २६ वर्षीया शर्मिला दरै र उनको नवजात शिशुकोे उपचारको क्रममा मृत्यु भएको हो ।

शर्मिलालाई दमौली अस्पतालले गत जेठ २१ गते नै सुत्केरी हुने समय दिएको थियो । त्यतिबेला अस्पताल पुग्दा चिकित्सक नभएका कारण पोखरा नै लैजानुपर्ने भन्दै एक हप्तापछि लैजान सुझाएको परिवारले बताएको छ । एक हप्तापछि पोखरा ल्याइएकी शर्मिला त्यतिबेलासम्म सकुशल नै रहेको श्रीमान् कृष्ण दरईले बताए । श्रीमान् कृष्ण गत जेठ १८ मा मात्र कुवेतबाट नेपाल आएका थिए ।

दोस्रो बच्चा जन्माउन लागेकी शर्मिलालाई सोमबार विहान ११ बजे व्यथा लाग्ने औषधी अस्पतालले दिएको थियो । अर्को औषधी दिउँसो ४ बजेतिर चढाएपछि भने उनलाई समस्या देखिएको शर्मिलाकी जेठानी निरु दरैले बताइन् । राती करिब ११ बजेको समयमा शर्मिलाको मृत्यु भएपछि मृत बच्चा निकालिएको थियो ।

परिवारले भने अस्पतालको लापरवाहीले सुत्केरीको मृत्युको आरोप लगाएका छन् । श्रीमान् कृष्ण दरैले अस्पतालको लापरवाहीले आफ्नो श्रीमती र बच्चा गुमाउनुपरेको बताए । यता अस्पताल प्रमुख डा. भरत खत्रीले भने उपचारको क्रममा नै बिरामीकोे मृत्यु भएको बताएका छन् । यसमा अस्पतालको लापरवाही नरहेको र बिरामीको अवस्था नै गम्भीर हुन पुगेका कारण मृत्यु भएको बताए ।

अस्पतालमै कार्यरत स्त्री रोग विशेषज्ञ डा.राजेन्द्र अधिकारीले शर्मिलालाई एम्युनिटिक फ्ल्युड इम्बोलिजम अर्थात् बच्चा बस्ने पानी पाठेघरको नशाबाट फोक्सोमा पुगेका कारण मृत्युको बताए । उनका अनुसार सुत्केरी महिलामा तीस चालीस हजार देखि एक लाख जना मध्ये एकजनामात्र यो हुने गर्छ । डा. अधिकारीले अस्पतालमा लापरवाही नभएको र सुत्केरी गराउने क्रममा यस्तो जोखिम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण