बोरा भित्र महिलाको लास फेला

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३०

व्यास नपा–४ स्थित गुरुङ च्यानडाँडामा मंगलबार दिउँसो बोेरा भित्र पोको पारेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

च्यानडाँडा स्थित सुवर्णमार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी जानकोलागि बिछ्याईएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र राखेको अवस्थामा अन्दाजी २०–२२ बर्षिया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनको नामथर र ठेगाना केही नखुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । घटना सम्बन्धमा थप सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो