दमौली, असार ५
ज्यालामजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास ६ की रोजिना सुनारलाई एक वर्ष अघिसम्म परिवारको साँझ–बिहानको छाक टार्न धौधौ थियो । उनले काम पाएको दिन त परिवारको जसोतसो छाक टथ्र्याे, नपाएको दिनभने भोकै बस्नुपथ्र्याे । ‘एक वर्ष अघिसम्म मलाई घर खर्च चलाउननिकै समस्याथियो,’ उनले सम्झिइन्, ‘काम पाएको दिन त ज्यालाबाटै परिवारको खर्च चलाइन्थ्यो । तर, काम नपाएको दिनभने छाक टार्नै समस्या हुन्थ्यो ।’ तर अहिले उनि आफनो वडाको बाटो, नाली र चौतारी निर्माणमा व्यस्त छिन् । उनले अहिले दैनिक रुपमा ६ सय १६ रुपैया ज्याला मार्फत आम्दानी गर्छिन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि उनले रोजगारी पाएकीहुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा कामगर्न थालेपछि उनको परिवारको ‘गरिबी’ हटेको छ ।
उक्त कार्यक्रममा मजदुरका रूपमाकाम पाएपछि अहिले उनको परिवारमा पहिले जस्तो घर खर्चको समस्या छैन । ‘प्रधानमन्त्री रोजगारको कमाइबाट घरमानुन, तेल, चामलकिनेर दैनिक छाक टार्न र बच्चा बच्चीको शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता परिपूर्ति गर्न खर्च गरिरहेको छु,’ उनले सुनाइन् । आफ्नै कमाइबाट घर खर्चपुगेपछि दङ्ग छिन् उनी । ‘पहिले आफन्त र छरछिमेककहाँ पैसा माग्नजाँदा सुनाउँथे,’ उनी भन्छिन्, ‘प्रधानमन्त्री रोजगारका योजनामा कामगर्न थालेपछि अहिले दुई छाक टार्नकालागि कसैसँग पैसा माग्न जानु परेको छैन ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित योजनामा उनी निरन्तर काम गरिरहेकी छिन् । व्यास १४ का लेख विक्रम थापा पनि एक वर्ष अघिसम्म घरमै बेरोजगार बसेकाथिए । अहिले सुनार जस्तै थापापनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएपछि रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका विभिन्न योजनामा काम पाएपछि घर खर्च चलाउन सक्षम भएको उनले सुनाए । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा काम गरेपछि परिवारको थुप्रै आवश्यकता पूरा गर्न सकिएको छ ।’ पहिले बेरोजगार हुँदा थुप्रै कुराको अभाव झेल्नुपरेको उनले सुनाए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्दा गाउँका केही व्यक्तिले खिसी गरे पनिआफूले काम नछाडेको उनले बताए । सुनार र थापा प्रतिनिधि पात्रहरू मात्र हुन्, प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरू जस्ता व्यास नगरपालिकाका ८७ जनालाई घर खर्चको जोहो गरिदिएको छ । घर खर्च चलाउने चिन्तामा रहेका व्यक्तिहरूका लागि यो कार्यक्रमले आर्थिक राहत दिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यास नगरपालिका संयोजक सुचिता थापाले यो कार्यक्रमले गरिब परिवारको जीवनस्तरमा सुधार भएको बताईन् । उनले भनिन्, ‘यो कार्यक्रम अन्तर्गत बेरोजगारहरूले रोजगारी पाउँछन् । यसले स्वतःउनीहरूको परिवारको जीवनस्तरमा सुधार गर्छ,’ । उनका अनुसार चालू आर्थिक वर्षमा मात्रै व्यास नगरपालिकामा ३ सय ५७ जनाप्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भएका थिए जसमा अहिले ८७ जनामात्र रोजगारी गर्ने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीसँगै विकास निर्माणमा पनि सघाउ पु¥याएको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । उनले भने,‘यो कार्यक्रमले सामान्य रोजगारी सिर्जना गरेको छ । समुदायले पनि सरकारले सञ्चालन गरेको यो कार्यक्रमबाट लाभान्वित भएको महसुस गरेको छ । समुदायमा पनि सानातिना कामहरू भएका छन्,’ । बेरोजगारहरूले न्यूनतम १०० दिन रोजगारी पाउने भएकाले यसले उनीहरूको आर्थिक अवस्था सुधारेको उनको भनाइ छ ।