म्याग्दे ७ मा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, असार ५

म्याग्दे गाँउपालिका वडा नम्बर ७ को आयोजनामा वडाका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरियो । उक्त शिविरमा रक्त परिक्षण, मुटुको परिक्षण, निशुल्क औषधी वितरण लगायतको सेवा दिईएको थियो ।

सो अवसरमा जनरल प्राक्टिस एण्ड ईमजेन्सी मेडिसिन प्रमुख, ईमजेन्सी विभाग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डा.रामहरि दाहाल र डा, कृष्ण गिरीले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।

सो क्रममा ६० वर्ष भन्दा माथीका ९५ जनामहिला र ८२ जना गरि कुल १७७ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको वडा नम्बर ७ का वडाअध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रक्त परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा