म्याग्दे ७ मा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, असार ५

म्याग्दे गाँउपालिका वडा नम्बर ७ को आयोजनामा वडाका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरियो । उक्त शिविरमा रक्त परिक्षण, मुटुको परिक्षण, निशुल्क औषधी वितरण लगायतको सेवा दिईएको थियो ।

सो अवसरमा जनरल प्राक्टिस एण्ड ईमजेन्सी मेडिसिन प्रमुख, ईमजेन्सी विभाग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डा.रामहरि दाहाल र डा, कृष्ण गिरीले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।

सो क्रममा ६० वर्ष भन्दा माथीका ९५ जनामहिला र ८२ जना गरि कुल १७७ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको वडा नम्बर ७ का वडाअध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रक्त परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो