देवघाटका युवाहरुलाई गाँउमै उद्यमशिल र स्वरोजगार बनाउन तरुणदलको माग

Devghat Online

शेयर गरौ

देवघाट, असार १८

नेपाल तरुण दल देवघाटले युवाहरुलाई गाँउमै रोजगारी दिन र युवामैत्री कार्यक्रम ल्याउन देवघाट गाउँपालिकासँग आग्रह गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै तरुण दल देवघाटले युवाहरुलाई गाउँमै उद्यमशिल र स्वरोजगार बनाउने कार्यक्रम सन्चालन गर्न माग गरेको हो ।

तरुण दलले सफल युवा उद्यमीहरुको अनुभव आदान प्रदानका कार्यक्रम नियमित सञ्चालन गर्नु पर्ने, प्रत्येक वर्ष सफल युवा उद्यमीलाई पुरस्कृत गर्नु पर्ने, कृषि फर्ममा लागेका युवा उद्यमीलाई युवा कृषि उद्यमी नामको परिचयपत्र दिनुपर्ने जल, जमिन, जंगल, जडीबुटी आदिजस्ता प्राकृतिक श्रोत साधनको उत्पादनमुलक तर वातावरण मैत्री उपयोगमा युवाहरुलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने माग गरेको छ ।

यसैगरि युवाहरुको खेलप्रतिको अभिरुचीलाई व्यवस्थित गर्न पालिका स्तरीय र एक वडा न्युनतम एक खेल मैदानको ब्यवस्था मिलाउनु पर्ने लगायत १६ बुँदे ज्ञापनपत्र बुझाइएको नेपाल तरुण दल देवघाटका नेता उत्तम लामाले बताए ।

नेपाल तरुण दल देवघाटका संयोजक अम्मर फेवाली लगायत तरुण दलका नेता तथा कार्यकर्ताहरुले देवघाट गाँउपालिका अध्यक्ष थापालाई सो ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र ग्रहण गदैं देवघाट गाँउपालिका अध्यक्ष तिलबहादुर थापाले युवाहरुको माग सम्बोधन गर्ने बताए । साथै देवघाटको समग्र विकासमा युवाहरुको साथ र सहयोग गर्न अध्यक्ष थापाले युवाहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय