२ छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार १९

१९ र १२ बर्षिया छोरीहरुलाई बलात्कार गरेको आरोपमा व्यास नपा– ६ का ६० बर्षिया एक बाबुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अभियुक्तले २०७९ भदौ यता दुई छोरीलाई पटक पटक बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले उनलाई कारवाहीको लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सो जाहेरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

पीडितहरुको मंगलबार नै दमौली अस्पतालमा स्वास्थ्य परिक्षण भएको र आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानकोलागि थुनामा राखिएको छ ।

उक्त घटनाको बारेमा पीडित बालिकाहरुले यस अघि पटक पटक शिशाघाट प्रहरी चौकीमा जानकारी गराएपनि उक्त प्रहरी चौकीका प्रहरीहरुले घरायसी घटना भएको भन्दै घरमै मिलाउन भन्दै फिर्ता पठाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक