विपन्न नागरिकलाई निशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्न युवा संघको माग

Devghat Online

शेयर गरौ

दमौली, असार २०

राष्ट्रिय युवा संघ व्यास नगर कमिटिले व्यास नगर पालिका भित्र सन्चालित अस्पतालहरुले विपन्न, असहाय र वेवारिसे नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेको छ । दमौलीका विभिन्न नीजि अस्पतालमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय युवा संघले सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि निर्देशिका अनुसार कुल शैयाको १० प्रतिशत विपन्न, असहाय र वेवारिसे नागरिकलाई निशुल्क स्वास्थ्य उपचारकोलागि छुट्याउनु पर्ने माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा युवा संघले सरकारले जारी गरेको स्वास्थ्य संस्था, स्थापना, सन्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका–२०७० तथा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका–२०७४ मा अस्पतालमा उपचारकालागि आउने विपन्न, असहाय, तथा वेवारिसे विरामीकोलागि कुल शैयाको दश प्रतिशत छुट्याई निशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको भन्दै उक्त व्यवस्थालाई सबै अस्पतालले कडाईका साथ कार्यान्वयन गर्न माग गरेको हो ।

संघका अध्यक्ष अजित पन्थद्वारा हस्तारक्षर गरिएको ध्यानाकर्षण पत्रमा नीजि अस्पतालमा कार्यरत स्टाफ नर्स, अनमी, फर्मासिष्ट तथा ल्याव टेक्निसियनहरु अति न्युन पारिश्रामिकमा काम गर्न बाध्य भएको जनगुनासो आएको हुँदा ति स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले तोकेको उचित पारिश्रामिक उपलब्ध गराउनु पर्ने माग गरिएको छ । उक्त मागहरु कार्यान्वयन भए नभएको बारेमा संघले अव नियमित रुपमा अनुगमन गर्नेबारेमा पनि सेचत गराईएको छ ।

सो ध्यानाकर्षणपत्र दमौलीको रत्नहरी अस्पताल, नेशनल एपोलो अस्पताल, समाधान अस्पताल, व्यास सिटी अस्पताल तथा सिटी जनरल अस्पताल र स्पार्क अस्पतालमा बुझाईएको थियो । सो ध्यानाकर्षण पत्र बुझ्दै अस्पतालका सन्चालकहरुले निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी