एमालेको निष्कर्षः प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने आधार गुमाए

Devghat Online

शेयर गरौ

दमौली, असार २०

प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । साथै यो विषय संसदको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ ।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रतिनिधिसभाको बैठकअघि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको ठहर गरेको छ । ‘यो प्रधानमन्त्रीको निजी विषय होइन, देशको स्वाभिमानसँग जोडिएको विषय हो’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले भन्नु भयो ‘संसदले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन, दिल्लीबाट बन्दछ भन्ने के स्थापित गर्न खोजिँदैछ ?’

आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उहाँले भन्नु भयो ‘उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएको देख्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले