एक साता पछि घर फर्किए देवघाटका सन्तोष

Devghat Online

शेयर गरौ

देवघाट, असार २०

गत साता सम्पर्क विहिन भएका देवघाट गाउँपालिका–५ का २३ बर्षिय सन्तोष थापा मगर एक सतापछि बुधबार बिहान घर फर्किएका छन् । गत साताको बुधबार पोखरा जान्छु भनि हिडेका उनी त्यसयता सम्पर्क विहिन भएका थिए ।

उनी बुधबार बिहान ५.३० बजे एक्लै घर फर्किएको उनका काका प्रेम थापाले जानकारी दिए । सन्तोषले आफु पोखरा गएको बताएको प्रेमले जानकारी दिए । उनको शरिरको अवस्था हेर्दा ८ दिनसम्म पैदल नै हिडेको जस्तो देखिने प्रेमले बताए । सन्तोषको खुट्टा र पैतालामा घाउचोटहरु  देख्न सकिन्छ ।

सन्तोष सम्पर्क विहीन भएपछि उनका परिवारले इलाका प्रहरी कार्यालय देवघाटमा खोजीकोलागि निबेदन दिएका थिए । प्रहरीले पनि आफ्नो संयन्त्र मार्फत उनको खोजी गरेपनि सन्तोष आफै एकलै घर फर्किएका हुन् ।

सन्तोष हराएको बारेमा देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । सन्तोषका काका प्रेमले देवघाट अनलाईन हेरेर धेरै शुभचिन्तकले आफुहरुलाई फोन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी