दमौलीका नीजि अस्पतालको अनुगमनः सिटी जनरल अस्पतालमा म्याद सकिएको बिटाडिन भेटियो

Devghat Online

शेयर गरौ

दमौली, असार २०

जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकाले बुधबार दमौलीका नीजि स्वास्थ्य संस्थाको संयुक्त रुपमा अनुमगन गरेका छन् । सो क्रममा व्यास नपा ३ मा रहेको सिटी जनरल अस्पतालले म्याद सकिएको बिटाडिन प्रयोग गर्दै आएको भेटिएको छ । उक्त बिटाडिन घाउ चोट सफा गर्न तथा ड्रेसिङको बेला प्रयोग गरिन्छ ।

२०२० डिसेम्बरमा उत्पादन भएको उक्त बिटाडिनको म्याद २०२२ नोभेम्बर सम्म मात्र रहेको छ । उक्त बिटाडिनको म्याद ८ महिना अघि नै सकिएको भएपनि हालसम्म प्रयोग गर्दै आएको अनुगमनको क्रममा भेटिएको एक अनुगमनकर्ताले बताए । मानव स्वास्थ्यको खेलवाड गर्दै सिटी जनरल अस्पतालले म्याद सकिएको उपचार सामाग्री प्रयोग गर्दै आएको भेटिएपछि त्यसलाई कस्तो कारवाही गर्ने भन्ने बारेमा पछि निर्णय हुने बताईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेको नेतृत्वको अनुगमनमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, व्यास नपाका स्वास्थय शाखाका प्रमुख प्रमोद सोती लगायत छन् ।

व्यास नपा–१० का कमलप्रसाद शर्माको मृत्यु भएपछि मृतक पक्ष र रत्नहरी अस्पताल विचको विवाद समाधान गर्न व्यास नगरपालिकाले गरेको छलफलमा दमौलीका नीजि क्षेत्रबाट सन्चालित अस्पतालहरुको अनुगमन गरि अनुगमन प्रतिबेदन सार्वजानिक गर्ने भन्ने सहमती भएपछि व्यास नगरपालिकाको संयोजनमा उक्त अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध