देवघाटले ५० प्रतिशत अनुदानमा १८ हजार ५ सय फलफुलका विरुवा बाड्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार २१

देवघाट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई फलफुलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले गत सोमबारदेखी विरुवा वितरण गरेको थियो । गाउँपालिकाले इच्छुक किसानहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न फलफुलका विरुवा वितरण गरेको हो ।

हालसम्म अठार हजार पाँच सय वटा बिरुवा वितरण गरिसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बल बहादुर सिकर्मीले बताए । जसमा आँपको १ हजार ३ सय, लिचिको ५ हजार ८ सय पचास, सुन्तला कलमी २ हजार ९ सय, सुन्तला बिजि ५ हजार ८५०, कागती कलमी १ हजार ८ सय र कागती बिज्र ८ सय वितरण गरिएको कृषि शाखा प्रमुख सिकर्मीले बताए ।

गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा बर्षे फलफुलका बिरूवाहरू गाउँपालिकामा सुचिकृत भएका फलफुल नर्सरी फर्म÷कम्पनी लगाएत अन्य व्यक्तिहरूलाई समेत विरुवा वितरण गरिएको सिकर्मीले बताए ।

बिरुवा वितरणको शुभारम्भ दर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कृषकहरुको आयश्रोतमा बृद्धि गर्न र फलफुल खेतीमा कृषकलाई संलग्न गराउन ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको बताए । उक्त विरुवा खरिदको लागि देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय