वन कार्यालयबाट निशुल्क विरुवा वितरण सुरु, पहिलो दिन १० हजार विरुवा वितरण

Devghat Online

शेयर गरौ

दमौली, असार २१

डिभिजन वन कार्यालय तनहुँले विहिबारबाट निशुल्क रुपमा विरुवा वितरण सुरु गरेको छ । पहिलो दिन १० विभिन्न प्रजातीका हजार १० विरुवा वितरण गरिएको कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

विरुवा लिन जिल्लाका विभिन्न स्थानबाट कृषकहरुको ठुलो भिड लागेको थियो । पहिलो दिन ३५० भन्दा बढिलाई विरुवा वितरण गरिएको श्रेष्ठले बताए । कार्यालयले विभिन्न ३५ प्रजातीका विरुवा निशुल्क रुपमा वितरण सुरु गरेको हो ।

प्रदेश सरकारको अनुदान कार्यक्रममा कृषकहरुलाई आवश्यकता अनुसार विरुवा वितरण गरिएको कार्यालय प्रमुख डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी