गैंडाकोट–दासढुङ्गा सडक निर्माणकोलागि देवघाटबासीले थाले पहल

Devghat Online

शेयर गरौ

देवघाट, असार २३

देवघाट गाउँपालिकाका जनप्रनितिधि, राजनीतिकदलका नेता तथा स्थानीय बासिन्दाहरुले नवलपुरको गैंडाकोट–दासढुङ्गा सडक निर्माणकोलागि पहल थालेका छन् । तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारयणगढ–मुग्लिन सडकको विकल्पमा दासढुङ्गाबाट तनहुँ तर्फको त्रिशुली नदीको किनारमा अर्काे राजमार्गको विकल्प भईहरँदा देवघाटबासीले गैंडाकोटबाट दासढुङ्गा जोड्ने सडक बनाउन पहल थालेका छन् ।

पश्चिम तराईलाई मुग्लिन जोड्ने हाल सन्चालन भईरहेको नारयणगढ बजार हुँदैको सडकको विकल्पमा गैैडाकोट हुँदै दासढुङ्गा जोड्ने गरि बैकल्पिक सडक निर्माण गर्नु पर्ने देवघाटबासीले माग गरेका छन् । पुर्वी नवलपुरको गैंडाकोट र देवघाट जोड्ने गरि देशकै लागी अत्यावश्यक सडक निर्माण गर्नु भन्दै देवघाटबासीले पहल थालेका हुन् ।

गैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटोहुँदै दासढुङ्गादेखी मुग्लिनसम्म तनहुँ तर्फ त्रिशुलीको किनार किनारै बैकल्पिक राष्ट्रिय राजमार्ग आवश्यक भएको भन्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा शुक्रबार बिहान देवघाटबासीले बैकल्पिक सडक निर्माण गर्ने क्षेत्रको अवलोकन गरेका थिए ।

देवघाटका स्थानीय समाजसेवी कुलचन्द्र न्यौपानेको पहलमा सरकारले गैंडाकोट–दासढुङ्गा सडकको सर्वे डिजाईन गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३० लाख रूपैयाँ सडक विभाग मार्फत विनियोजन गरेको छ ।

उक्त सडक निर्माढा गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसकोलागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएिको हुँदा गैंडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरै भन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने अध्यक्ष थापाले बताए ।

सो वैकल्पिक मार्गको अनुमगनमा गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, वडा नम्बर ५ का पुर्णबहादुर कुँवर, वडा सदस्यहरु नेकपा एमाले देवघाट गाउँकमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्री, समाजसेवी शिवराज पौडेल, समाजसेवी कुलचन्द्र न्यौपाने, विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु लगायत बुद्धिजीवी व्यक्तिहरुले देवपुरपुको पुलदेखी दासढुङ्गा पुलसम्मको स्थलगत अनुमगन गरेका थिए ।

पहिलो चरणमा गैंडाकोटदेखी दासढुङ्गासम्म सडक निर्माण गर्न सके त्यसपछि दासढुङ्गादेखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ अर्काे राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने अध्यक्ष थापाको भनाई छ । यसकोलागि पनि देवघाटबासीले गरेका छन् । गत साता देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको नेतृत्वमा नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, स्थानीय समाजसेवी कुलचन्द्र न्यौपाने लगायतले मंगलबार सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखलाई भेटगरी नारयणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँ तर्फ अर्काे राजमार्ग निर्माण गर्न माग गरेका थिए ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसँगको भेटमा देवघाटका जनप्रतिधि र राजनीतिक दलका नेताहरुले अहिले मुग्लिन–नारयणगढ सडकमा वर्षाको समयमा दिन दिनै पहिरो गएर ठुलो समस्या भोग्नु परेको हुँदा बैकल्पिक सडक निर्माणको लागि तत्काल पहल थाल्न अनुरोध गरेका थिए । तनहुँ तर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडी परेको तनहुँको देवघाट तथा आवुँखैरेनी गाउँपालिकाका धेरै बस्तीहरुलाई विकासको मुलधारमा ल्याउन सकिने वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

उक्त बैकल्पिक राजमार्गको बारेमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरि सर्भे र डिपिआर समेत भईसकेको तथा आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा उक्त सडक निर्माण गर्न २३० करोड रुपैयाँ बिनियोजन समेत भईसकेको नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए । तर अहिले उक्त डिपिआर मन्त्रालय र सडक विभागमा नभेटिएको हुँदा नयाँ सर्वे र डिपिआर गर्नु पर्ने बाध्यता भएको बताईएको छ ।

नारयणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । सडक विभागले पनि डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले जानकारी दिए ।

सुरुमा नयाँ सडक बनाउनु पर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयका प्रस्ताव मन्त्रीपरिषदमा लैजान टिप्पणी तयारीको काम भइरहेको पौडेलले बताए । उक्त टिप्पणी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने छ ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर पर्छ भने दासढुङ्गादेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर