प्रधानमन्त्री प्रचण्डका कर्तुतहरू धेरै देखिएः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, असार २४

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भगवती न्यौपानेले जनताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रहसन हेर्न बाध्य हुनुपरेको बताएकी छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्ड राष्ट्रघाती भएको आरोप लगाइन् । देश र जनतालाई ढाँट्न प्रचण्ड माहिर रहेको उनको भनाइ छ ।

“प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहसन गरिरहनुभएको नाटक हेरिरहेका छौँ । विगतमा जनयुद्ध गर्दै गर्दा उहाँ र एकजना नेताले भारतलाई लेखेको पत्र सार्वजनिक भएको थियो । उहाँ देश र नेपाली जनतालाई ढाँट्नुहुन्छ,” उनले भनिन् ।

बैठकको सुरुआतमै राष्ट्रियसभा सदस्य न्यौपानेले प्रधानमन्त्री प्रचण्डबाट एकपछि अर्को नियमित गल्ती भइरहेको आरोप लगाइन् ।

“उहाँको कर्तुतहरू धेरै देखिए । एमसीसीको विरुद्धमा नेपालमा बोल्नुभयो, तर बोर्डलाई पत्र लेख्नुभयो, पारित गर्ने बाचा गर्नुभयो । यति समयभित्र पास गर्छौँ भनेर लेख्नुभयो । पारित गर्नुभयो । यहाँ कार्यकर्ता उफार्नुभयो । उहाँ नाटक गर्न माहिर हुनुहुन्छ,” उनले भनिन्, “भारतलाई नेपालको सरकार बनाउन खुला रूपमा आमन्त्रण गर्नुभएको छ ।

केही समयअघि पनि, कम्फर्टेबल सरकार बनाउन केही समयअघि सहयोग माग्नुभयो । यस्ता गल्ती धेरै गर्नुभयो । भारतमा जाँदै गर्दा राष्ट्रघाती सहमति गरेर आउनुभएको छ । ईपीजीको विषयमा के कुरा राख्नुभयो भनेर प्रश्न राख्दा केही कुरा उठाएको भए खत्रक्कै पर्छु भनेर कुरा उठाइनँ भन्नुभयो ।”

उनले प्रधानमन्त्री प्रचण्डले संसद्को धेरै अपमान गरेको भन्दै कानुन र संविधान च्यात्ने काम समेत भएको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक