देवघाट सार्वजनिक पुस्तकालय निर्माणको लागि सामुदायिक वनहरुको सहयोग

Devghat Online

शेयर गरौ

दमौली, असार २४

देवघाटमा निर्माणाधिन देवघाट सार्वजनिक पुस्तकालयको भवन निर्माणको लागि देवघाटमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरूले सहयोग गरेका छन् ।

पुस्तकालयको भवन निर्माण प्रयोजनका लागि देवघाट गाउँपालिका–५ मा रहेको पाँच वटा सामुदायिक वनहरुले सालको काठ उपलव्ध गराएका छन् । पुस्तकालका अध्यक्ष शिवराज पौडेलका अनुसार साँढेबगर सामुदायिक बन उपभोक्ता समूहबाट २५ क्यूफिट काठ, चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूहबाट ३ क्यूफिट काठ उपभोक्ता मुल्यमा र १ क्यूफिट काठ निशुल्क, सीता सामुदायिक बन उपभोक्ता समूहबाट २० क्यूफिट काठ उपभोक्ता मुल्यमा, मधुवन सामुदायिक बन उपभोक्ता समूहबाट ९ क्यूफिट काठ उपभोक्ता मुल्यमा र १० थान चौकोस निशुल्क तथा रानीबन सामुदायिक बन उपभोक्ता समूहबाट १० थान चौकोस निशुल्क प्राप्त भएको छ ।

त्यस्तै कालिका र देउती सामुदायिक बन उपभोक्ता समूहहरूले आफ्नो मौज्दात र पुस्तकालयको आवश्यकताको आधारमा काठ उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ । हाल देवघाट सार्वजनिक पुस्तकालयको दैनिक कार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण