स्वामिवर्यं यतिशेखरं श्रीरामानन्दगिरिमहाराजं प्रति” समर्पित

Devghat Online

शेयर गरौ

“स्वामिवर्यं यतिशेखरं श्रीरामानन्दगिरिमहाराजं प्रति”

(यतिशेखर श्रीरामानन्दस्वामिज्यूप्रति)

पूर्वं संस्कृते तातो नेपाल्याम्

(पहिले संस्कृतमा अनि नेपालीमा)

संस्कृते:-

पुण्यं पूज्यतमञ्च नैगमपथं कर्तुं दृढं सर्वतो
नेपालाख्यमिदं गृहं पशुपतेः कर्तुं च धर्मान्वितम् ।
तत्कार्यं न हि सम्भवेत्सुरगिरं हित्वा ततस्तामपि
त्रातुं विप्रकुले व्यजायत वटू रामेतिसंज्ञां ददत् ।।१।।

पश्चात् स द्विजपुङ्गवः समभवन्नन्दान्तरामो यति-
र्माहेशं प्रचकास्ति यद्गुरुकुलं तस्यैव संकल्पतः ।
छात्रा यत्र पठन्ति दैवतगिरामाचारनिष्ठान्विता
वेतान्ताध्ययनस्य शेखरमिदं राष्ट्रेऽस्मदीयेऽधुना ।।२।।

अस्मिन्नेव गते शुचेः स यतिराड् लेभे समाधिं पुरा
यस्यासीद्विमला कृपा मयिततः स्मृत्यां सदास्ते मम ।
शिष्या मस्करिणोऽप्यथापि गृहिणो ये सन्त्यहं तान्प्रति
वाचाभ्यर्च्य निवेदयामि स मुनिर्वाक्सेवया तोष्यताम् ।।३।।

बाल्यादेव सहैव तेन मिथिलापुर्यामभून्मे स्थितिः
पश्चात् कान्तिपुरे च पाठकगृहे श्रीतीनधाराभिधे ।
वाल्मीकौ निगमान्तचिन्तनविधिं तस्मादहं शिक्षितो
मत्तः कृष्णरतिं स चापि च ततः स्नेहो दृढत्वं गतः ।।४।।

सोऽयं स्वामिवरस्तथैव विदुरः पौडेलइत्याह्वय-
श्चित्तान्मे न कदापि तौ बुधवरौ दूरत्वमाकाङ्क्षतः ।
तस्मात्पुण्यतिथाविमौ गुरुवरौ साकं हि मच्चेतसि
वक्त्रं दर्शयतस्ततस्तदुभयी मूर्तिः समानप्रिया ।।५।।

नेपालीमा:-

अत्यन्त पुण्यमय र पूज्यतम सनातन वैदिक मार्गलाई सबैतिरबाट दह्रो बनाउनका लागि र नेपाल नामक भगवान् पशुपतिनाथका पवित्र घरलाई धर्मपूर्ण बनाउनका लागि देववाणी संस्कृतबाहेक अरूबाट सम्भव छैन भन्ने विचार गरेर पवित्र ब्राह्मण कुलमा रामप्रसाद नामक बटुकको जन्म भएको थियो ।।१।।

पछि ब्राह्मणहरूमा उत्तम हुनुभएको उहाँ नै रामानन्द स्वामी सन्यासी महात्माको रूपमा परिवर्तित हुनुभयो । जसको सत्य सङ्कल्पले महेश गुरुकुल नामक सरस्वतीजीका पवित्र मन्दिर प्रकाशित भए, जुन विद्या मन्दिरमा आचार विचारमा दृढ भएका विद्यार्थीहरू संस्कृत भाषाको अध्ययन गर्दछन् र त्यो संस्था अहिले वेदान्त अध्ययनका दृष्टिले नेपालमा सर्वश्रेष्ठ संस्थाका रूपमा विकसित हुँदै गइरहेको छ ।।२।।

केही वर्ष अगाडि आषाढ महिनाको आजकै गतेमा ती महान् सन्यास बाबाले समाधि लिनुभएको थियो, जसको ममाथि निर्मल कृपा थियो, त्यसैले उहाँ सधैँ मेरो स्मृतिपटलमा रहिरहनुहुन्छ । अहिले उहाँका जति पनि महात्मा अथवा गृहस्थ शिष्य अथवा अनुयायीहरू हुनुहुन्छ उहाँहरू सबैलाई वचनद्वारा नै प्रणाम गरेर यो निवेदन गर्छु कि; ती विद्याप्रेमी महात्माको विद्याको विकासद्वारा नै सेवा गरेर उहाँलाई सन्तुष्ट गराउनुहोस्, अर्थात् महेश गुरुकुल लाई हरतरहले सहयोग गरेर माथि उठाउने प्रयत्न गरिरहनुहोस् ।।३।।

बाल्यावस्थामा नै उहाँसँग मिथिलापुरी अर्थात् जनकपुरमा साथसाथ रहने सौभाग्य प्राप्त भएको थियो, पछाडि कान्तिपुरमा पनि तीनधारा नामक संस्कृत छात्रावासमा सँगै बस्ने सौभाग्य मिल्यो । वाल्मीकि विद्यापीठमा उहाँबाट नै मैले वेदान्त विद्याको विचारसरणी प्राप्त गरेको हुँ र उहाँले पनि हामीसँगैको छलफलमा कृष्णभक्तिको माथिल्लो स्थिति प्राप्त गर्नुभएको हो । त्यसैले हामीबीचको स्नेह अत्यन्त सुदृढ भएको हो ।।४।।

महान् सन्यासी बाबा उहाँ र विशिष्ट विद्वान् विदुर पौडेल गुरु ती दुबै विद्वान् मेरो मनबाट कहिल्यै पनि टाढा हुन चाहनुहुन्न, त्यसैले आज स्वामीजीको‌ पुण्य तिथिमा ती दुबै सँगै मेरो चित्तमा प्रकट हुनुभयो, ती दुबै मूर्तिमती विद्वद्विभूतिप्रति मेरो समान रूपमा प्रियताको उदय भयो ‌। उहाँहरू दुबै यिनै वाग्पुष्पद्वारा प्रसन्न हुनुहोला भन्ने आशा गर्दछु ।।५।।

दुर्गाप्रसाद दाहाल
२०८०-०३-२४
बानेश्वर, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक