यसरी भाँडियो शीर्ष नेताबीचको सहमति

Devghat Online

शेयर गरौ

काठमाडौं, असार २४

प्रमुख तीन दलका शीर्ष नताबीच भएको सहमति संसद भवन बानेश्वर नपुग्दै भाँडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिबारे संसद्को रोष्ट्रमबाट आत्माआलोचना गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी केही समय नबित्दै भाँडिएको हो ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद खोल्नेबारे समझदारी भएको थियो । तर बानेश्वर नपुग्दै परिस्थिति बदलिएको हो । सहमति भाँडिनुमा प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको बिज्ञप्ती बन्न पुगेको छ ।

बैठक सकाएर बानेश्वर गएका एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २१ गते प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जारी गरेको बिज्ञप्ती पढेपछि सहमति तोडिएको हो । आचार्यको बिज्ञप्तीमा एमालेलाई आक्षेप लगाउँदै भनिएको छ, सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

सो बिज्ञप्ती पढेलगत्तै ओलीले केहीबेर अघि बैठकमै भेट भएका प्रधानमन्त्री दाहाललाई प्रमुख प्रतिपक्षी दलका नेता ओलीले फोन लगाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले बैठकपछि मात्रै पढेका थिए । एमाले सांसदहरूका अनुसार बानेश्वरमा पुगेर ओलीले पूरै विज्ञप्ति पढे । त्यसअघि एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, अरु नेता र सचिवालयका कसैले पनि ओलीलाई उक्त विज्ञप्तिबारे जानकारी गराएका थिए ।

ओलीले विज्ञप्ति पढेपछि प्रधानमन्त्री दाहाललाई फोन गरेर भने, असार १८ को बिषयमा असार २१ गते बिज्ञज्ती जारी गरेर एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस, विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभए हुन्छ ।’ एमालेका एक सांसदका अनुसार फोनबाटै ओलीले प्रधानमन्त्रीलाई निकै कडा जवाफ मागेका थिए ।

प्रधानमन्त्रीले जवाफमा विज्ञप्ति आफूले नलेखेको र सल्लाह गर्छु भनी फोन राखेका थिए । लगत्तै सभामुख देवराज घिमिरेलाई बालुवाटारबाट फोन गरेर बैठक सोमबारसम्मका लागि सार्न आग्रह गरेका थिए । सोहीअनुसार बैठक सोमवारसम्मका लागि सारिएको थियो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको भनी दिएको अभिव्यक्तिपछि एमालेले केही दिनयता निरन्तर सदन अवरोध गर्दै आएको छ । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । राष्ट्रियसभा बैठक लगातार चौथो पटक स्थगित भइसकेको छ ।

आजको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको सदनमा प्रष्ट पार्ने सहमतिपछि सदन खुलाउने समझदारी बनेको थियो । उक्त सहमतिपछि बैठक आजै तीन बजे बस्ने तयारी थियो । तर, सिंहदरबार बैठकबाट सहमति गरेर बाहिरिनु भएका ओलीले प्रधानमन्त्रीलाई फोन गरेर एमालेमाथि लगाइएको आरोप फिर्ता नभएसम्म बैठक चल्न नसक्ने अडान लिएका थिए ।

एमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने थप अडान राखेको छ । सो वक्तव्य र गृहमन्त्री श्रेष्ठले एमालेमाथि लान्छाना लगाइएकाले फिर्ता हुनुपर्ने एमालेको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी