घिरिङले बाँड्यो अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री

Devghat Online

शेयर गरौ

दमौली, असार २४

घिरिङ गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री बितरण गरेको छ । गाउँपलिकाले शुक्रवार एक कार्यक्रम आयोजना गरि अपाङ्गता सहायक सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा ह्विलचियर ४ वटा, स्कृन रिडर ल्याप्टप १ ओटा, अल्बो क्राचेस १ पिस, हियरिङ एड, विशेष प्रकारको जुत्ता जस्ता सहायता सामाग्री घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधा देवि अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरेकी थिईन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उपाध्यक्ष अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा र कार्यपालिका सदस्य पार्बती बिकको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन अपांङ्ग महासंघ गण्डकी प्रदेशका सचिब कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

सहायता सामाग्री बितरणसँगै गाउँपालिकाले सिपमुलक तालिम पनि उपलब्ध गराउने प्रयास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । यस्तै अपाङ्गताहरुको आधारभूत आवस्यकता हो भन्ने महशुस गरि आगामी बर्षलाई समेत दिन सकिने गरि गाउँपालिकाले सहायता सामाग्री सन्चित गरेको पोखरेलले बताए ।

अपाङ्गता भएका ब्यक्तिले ध्वनिको सहायताबाट ल्याप्टप चलाउन सक्ने भएकोले वडा नम्बर १ अत्रौलीकी प्रमिला पोख्रेललाई स्कृन रिडर ल्याप्टप दिएको अधिकारीले जानकारी दिए । ल्याप्टप पाउने पोख्रेल अमर सिं माध्यमिक बिधालय पोखराबाट ए ग्रेडमा एसइइ उत्तिर्ण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण