घिरिङले बाँड्यो अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री

Devghat Online

शेयर गरौ

दमौली, असार २४

घिरिङ गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई ल्यापटप सहित विभिन्न सामाग्री बितरण गरेको छ । गाउँपलिकाले शुक्रवार एक कार्यक्रम आयोजना गरि अपाङ्गता सहायक सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा ह्विलचियर ४ वटा, स्कृन रिडर ल्याप्टप १ ओटा, अल्बो क्राचेस १ पिस, हियरिङ एड, विशेष प्रकारको जुत्ता जस्ता सहायता सामाग्री घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधा देवि अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरेकी थिईन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उपाध्यक्ष अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा र कार्यपालिका सदस्य पार्बती बिकको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन अपांङ्ग महासंघ गण्डकी प्रदेशका सचिब कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।

सहायता सामाग्री बितरणसँगै गाउँपालिकाले सिपमुलक तालिम पनि उपलब्ध गराउने प्रयास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । यस्तै अपाङ्गताहरुको आधारभूत आवस्यकता हो भन्ने महशुस गरि आगामी बर्षलाई समेत दिन सकिने गरि गाउँपालिकाले सहायता सामाग्री सन्चित गरेको पोखरेलले बताए ।

अपाङ्गता भएका ब्यक्तिले ध्वनिको सहायताबाट ल्याप्टप चलाउन सक्ने भएकोले वडा नम्बर १ अत्रौलीकी प्रमिला पोख्रेललाई स्कृन रिडर ल्याप्टप दिएको अधिकारीले जानकारी दिए । ल्याप्टप पाउने पोख्रेल अमर सिं माध्यमिक बिधालय पोखराबाट ए ग्रेडमा एसइइ उत्तिर्ण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक