दमौली, असार २५
म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० मा ७५.८८ प्रतिशत वित्तिय प्रगति भएको छ । चालु आर्थिक वर्षको सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन कार्य आईतबार राती १२ बजेबाट बन्द गरिएको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल ७५.८८ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिएको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट ६७ करोड ६ लाख ५६ हजार २९६ रुपैयाँ रहेकोमा ५० करोड ८९ लाख २५ हजार ५७३ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए ।
कुल बजेट मध्ये चालु खर्च तर्फ २९ करोड ९६ लाख २३ हजार ४०२ बजेट रहेकोमा २६ करोड १९ लाख ६८ हजार ६० रुपैयाँ र पुँजीगत तर्फ ३७ करोड १० लाख ३२ हजार ८९४ बजेट रहेकोमा २४ करोड ६९ लाख ५७ हजार ५१३ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनकोलागि सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सम्पुर्ण सरोकारवालाहरुलाई गाउँपालिको तर्फबाट धन्यवाद दिईएको रानाले बताए ।