म्याग्दे गाउँपालिकाको वित्तिय प्रगति ७५.८८ प्रतिशत

Devghat Online

शेयर गरौ

दमौली, असार २५

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० मा ७५.८८ प्रतिशत वित्तिय प्रगति भएको छ । चालु आर्थिक वर्षको सम्पुर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन कार्य आईतबार राती १२ बजेबाट बन्द गरिएको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल ७५.८८ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट ६७ करोड ६ लाख ५६ हजार २९६ रुपैयाँ रहेकोमा ५० करोड ८९ लाख २५ हजार ५७३ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए ।

कुल बजेट मध्ये चालु खर्च तर्फ २९ करोड ९६ लाख २३ हजार ४०२ बजेट रहेकोमा २६ करोड १९ लाख ६८ हजार ६० रुपैयाँ र पुँजीगत तर्फ ३७ करोड १० लाख ३२ हजार ८९४ बजेट रहेकोमा २४ करोड ६९ लाख ५७ हजार ५१३ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनकोलागि सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सम्पुर्ण सरोकारवालाहरुलाई गाउँपालिको तर्फबाट धन्यवाद दिईएको रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण