दमौली, असार २५
दमौलीमा सिटि स्क्यान सेवा शुरु गरिएको छ । व्यास नपा २ गणेशमान चोकमा एक घर भाडामा लिएर उक्त सेवा सुरु गरिएको छ । दमौली सिटि स्क्यान एण्ड डाईग्नोष्टिक सेन्टर प्रालिको सो सेवाको सोमबार व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।



सो अवसरमा बोल्दै मेयर न्यौपानेले यस सेवाले सिटि स्क्यानका लागि लामो दुरी धाउनुपर्ने समस्याको अन्त्य भएको बताए । मेयर न्यौपानेले सर्वसाधरणलाई गुणस्तरीय तथा सुपथ मुल्यमा उक्त सेवा दिनु पर्ने बताए ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सरकारी अस्पतालमा हुनु पर्ने सिटि स्क्यान सेवा नीजि क्षेत्रबाट पहिलो पटक सुरु भएको बताए । नीजि क्षेत्रबाट सन्चालन भएपनि यसलाई गुणस्तरीय, भरपर्दाे तथा मुल्य निर्धारण उपभोक्ताको हितमा हुनु पर्ने प्रजिअ रिजालले बताए ।

दमौली सिटि स्क्यान एण्ड डाईग्नोष्टिक सेन्टर प्रालिका अध्यक्ष चुणमणी दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा उक्त कम्पनीका सन्चालनक तथा बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले तनहुँ जिल्लाका विभिन्न भागका सर्वसाधरणलाई लक्षित गरि उक्त सेवा सन्चालन गरिएको बताए । उनले कम्पनीले भविष्यमा तनहुँमा विभिन्न स्वास्थ्य सुविधाहरु जस्तै ठुला ल्याव, एमआरआई जस्ता सेवा पनि सन्चालन गर्ने बताए ।
सो अवसरमा बायो मेडिकल इन्जिनियर अमृत अधिकारीले अव सिटि स्क्यान सेवाकोलागि पोखरा र भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने बताए । उनले सिटि स्क्यान सेवाबाट विरामीले चाँडो भन्दा चाँडो अफ्नो रोग पत्ता लगाएर उपचारमा सहज हुने बताए ।

तनहुँका ११ जना स्वास्थ्य व्यवसायीहरुको करिब १ करोडको लगानीमा तनहुँमै पहिलो पटक उक्त सिटि स्क्यान सेवा सुरु गरिएको कम्पनीका सन्चालक राजु दाहालले बताए । उनले सिटि स्क्यान सन्चालक कम्पनीलाई कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरिएको जानकारी दिए ।
उक्त कम्पनीमा निजी स्वास्थ्य व्यवसायीहरु चूडामणि दाहाल, राजु दाहाल, ताराप्रसाद श्रेष्ठ, डा.सुशिल मिश्र, डा.विश्वद्विप तिमल्सेना, डा.प्रदेश घिमिरे, श्यामकृष्ण श्रेष्ठ, रामचन्द्र अधिकारी, सिमा बराल, पूर्णसिह थापा, रुबिना खानको लगानी रहेको जनाईएको छ ।













