इक्यानको उपाध्यक्षमा पौडेलको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, असार २६

नेपाल शैक्षिक परामर्श संघ (इकयान) को यही असार ३० गते हुने निर्वाचनको लागि उपाध्यक्ष पदमा यज्ञविलास पौडेलले उम्मेदबारी घोषणा गरेका छन् ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकासका लागि यतिबेला अब्बल अगुवाहरुको खाँचो देखिएको भन्दै पौडेलले जटिल संक्रमणमा परेको यो व्वसायलाई उकास्न र यो संकटबाट पार लगाउन जरुरी भएको भन्दै त्यसकोलागि आफुले उपाध्यक्षमा उम्मेदबारी दिएको बताए ।

चितवनको नारयणगढमा केन्द्रीय रहेको सेन्ट्रल कलेजका प्रिन्सीपल रहेका पौडेलले यस क्षेत्रका समग्र समस्यालाई निकास दिन तथा सेवामुखि व्यवसायलाई थप अझ सुरक्षित तथा मर्यादित बनाउन आफुले उम्मेदबारी दिएको बताए । सेन्ट्रल कलेजले नारायणगढ सहित पर्सा, कावासोती, बर्दघाट, वुटवल, पोखरा, दमौली, डुम्रे, हेटौंडा र काठमाण्डौंमा शाखा कार्यालय सन्चालनमा रहेको छ ।

आफुनो उम्मेदवारी आफ्नो लागि मात्र होइन, इक्यान र सबै शैक्षिक परामर्श व्यवसायीहरुको साझा हितका लागि भको पौडेलले बताए । उनले आफुलाई निर्वाचनमा सहयोग गर्न सम्पुर्ण शैक्षिक परामर्श व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले