इक्यानको उपाध्यक्षमा पौडेलको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, असार २६

नेपाल शैक्षिक परामर्श संघ (इकयान) को यही असार ३० गते हुने निर्वाचनको लागि उपाध्यक्ष पदमा यज्ञविलास पौडेलले उम्मेदबारी घोषणा गरेका छन् ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकासका लागि यतिबेला अब्बल अगुवाहरुको खाँचो देखिएको भन्दै पौडेलले जटिल संक्रमणमा परेको यो व्वसायलाई उकास्न र यो संकटबाट पार लगाउन जरुरी भएको भन्दै त्यसकोलागि आफुले उपाध्यक्षमा उम्मेदबारी दिएको बताए ।

चितवनको नारयणगढमा केन्द्रीय रहेको सेन्ट्रल कलेजका प्रिन्सीपल रहेका पौडेलले यस क्षेत्रका समग्र समस्यालाई निकास दिन तथा सेवामुखि व्यवसायलाई थप अझ सुरक्षित तथा मर्यादित बनाउन आफुले उम्मेदबारी दिएको बताए । सेन्ट्रल कलेजले नारायणगढ सहित पर्सा, कावासोती, बर्दघाट, वुटवल, पोखरा, दमौली, डुम्रे, हेटौंडा र काठमाण्डौंमा शाखा कार्यालय सन्चालनमा रहेको छ ।

आफुनो उम्मेदवारी आफ्नो लागि मात्र होइन, इक्यान र सबै शैक्षिक परामर्श व्यवसायीहरुको साझा हितका लागि भको पौडेलले बताए । उनले आफुलाई निर्वाचनमा सहयोग गर्न सम्पुर्ण शैक्षिक परामर्श व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल