बन्दीपुर गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन विद्यार्थीलाई छात्रवृत्ति दिने

Devghat Online

शेयर गरौ

दमौली, असार २८

तनहूँको बन्दीपुर गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । २०७९ सालको एसइइ परीक्षामा उत्तीर्ण भएका पालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयबाट १ ̸ १ जना गरिव तथा जेहेन्दार विद्यार्थी मध्यबाट छनौट गरी पवित्रा माविमा सन्चालित प्राविधिक तथा ब्यवशयीक तालिम परिषदमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापा घोषणा गरेका छन् ।

पवित्रा मावि बन्दिपुर गाउँपालिका कै शैक्षिक गुणस्तर र भौतिक संरचनाको हिसाबले पनि नमूना विद्यालय रहेको भन्दै प्राविधिक शिक्षा हासिल गरेका पालिका भित्रका युवाहरुलाई पालिकामा प्राथमिकताका साथ अवशर दिईने भन्दै एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत यसै शैक्षिक सत्रदेखि पवित्रा माविमा एक जना नर्स वा अहेवको दरबन्दी कायम गरिने बताए ।

पवित्रा माविमा प्राविधिक शिक्षामा भर्ना हुने ४८ जनाको कोटा रहेकोमा ६ जना पालिकाले ४ जना अनलाईन मार्फत सिटिईभिटिले र एक जना पवित्रा माविले गरी ११ जना छात्रवृत्ति मार्फत निशुल्क अध्ययन गर्न पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध