काठमाडौं, असार ३१
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाली सेनाको गरिमा माथि आँच पुग्ने हिसाबले गरिने कुनै पनि टिका टिप्पणी स्वीकार्य नहुने बताएका छन् ।



नेपाल राष्ट्र एकीकरण देखि मुलुकको रक्षा गर्ने विषयमा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको हुँदा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिको सधै उच्च सम्मान गर्नुपर्ने सांसद भण्डारीको भनाई रहेको छ ।
नेपाली सेनाको विषयमा पछिल्लो विभित्र टिकाटिप्णी भई रहेको अवस्थामा सांसद भण्डारीले सो कुरा बताएका हुन् । मुलुकमा विषम परिरिस्थती सृजना हुँदा समेत नेपाली सेनाले जिम्मेवार ढंगले निर्वाह गरेको सांसद भण्डारीको भनाई छ ।