दमौली, साउन १
व्यास नगरपालिका वडा नम्बर १४ ले केशवटारमा रहेको केशबटार माविमा कक्षा ११ मा अध्यायन गर्ने सबै विद्यार्थीहरुका विभिन्न विषयमा सहुलियत र छुट दिने भएको छ ।



वडा कार्यालयले नयाँ विद्यार्थीकालागि भर्ना निशुल्क र विद्यालय पोशाक छात्रवृत्तिको रुपमा उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष काजिमान श्रेष्ठका अनुसार विद्यार्थीहरुको मासिक शुल्कमा पनि ५० प्रतिशत वडा कार्यलयले नै व्यहोर्ने निर्णय भएको छ ।
साथै अन्य विद्यालयबाट एसइई उत्तिर्ण गरि केशबटार माविमा कक्षा ११ मा अध्यायन गर्न आएका विद्यार्थीहरुकालागि निशुल्क आवासको पनि व्यवस्था गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पढाई हुने विद्यालयका प्रअ मनविर रानाले बताए ।












