आज साउने संक्रान्ति, देवघाटमा हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

देवघाट, साउन १

आज साउने संक्रान्ति । तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्र धार्मिक स्थल देवघाटधाममा स्नान गर्न हजारौं भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमवार परेकाले पनि बिहानै देखि भक्तजनको भीड लागेको हो ।

औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् । यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ । सोमबारे औंसीमा बिहानै कसैसँग पनि नबोलिकन नुहाउने परम्परा रहेको हुँदा बिहान झिसमिसेबाटै देवघाटमा भक्तजनको उपस्थिती भएको थियो ।

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ । पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने परम्परा छ ।

साउने संक्रान्ति देखी सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण मानिन्छ ।
साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ ।

कालिगण्डकी र त्रिशुली नदीको संगम स्थल देवघाटमा हरेक वर्षको साउने सोमबारमा बोलबम मेला लाग्ने गर्छ । आज साउने सक्रान्ति, औंसी र सोमबार सबै एकैदिन परेको हुँदा वेणीसंगममा स्नान गर्न भक्तजनहरुको भिड लागेको हो । मेलामा आउने भक्तजनको सुरक्षाको लागि प्रसस्त सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि