दमौली, साउन २
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मापसे (मादक पदार्थ सेवन) परिक्षण लाई कडाई गर्दै गएको छ । आर्थिक वर्ष ०७८÷०७९ मा ३८५ वटा मापसे परिक्षण गरेको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ०७९÷०८० मा भने १७६० वटा मापसे परिक्षण गरेको थियो ।
उक्त मापसे परिक्षणबाट मात्रै ३५ लाख २० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले मापसे चेकिङ कार्यलाई जिल्लाभर नै प्राथमिकतामा राखेको भन्दै दुर्घटना तथा जरिवानाबाट बच्न मापसे नगरिकन सवारी चलाउनु पर्ने बताए ।