मापसे परिक्षणलाई कडाई गर्दै ट्राफिक प्रहरी, ३५ लाख राजश्व संकलन

Devghat Online

शेयर गरौ

दमौली, साउन २

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मापसे (मादक पदार्थ सेवन) परिक्षण लाई कडाई गर्दै गएको छ । आर्थिक वर्ष ०७८÷०७९ मा ३८५ वटा मापसे परिक्षण गरेको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ०७९÷०८० मा भने १७६० वटा मापसे परिक्षण गरेको थियो ।

उक्त मापसे परिक्षणबाट मात्रै ३५ लाख २० हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले मापसे चेकिङ कार्यलाई जिल्लाभर नै प्राथमिकतामा राखेको भन्दै दुर्घटना तथा जरिवानाबाट बच्न मापसे नगरिकन सवारी चलाउनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण