म्याग्देमा पालिका स्तरीय हुलाकको कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

दमौली, साउन १

तनहुँको म्याग्दे गाउँपालिकामा पालिका स्तरीय हुलाक सेवाको शुभारम्भ गरिएको छ । सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ‘एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गरिनेछ’ भन्ने नीति कार्यान्वयनको क्रममा सोमबार आर्थिक वर्षको पहिलो दिनमै हुलाकको पालिका स्तरीय कार्यालय शुभारम्भ गरिएको हो ।

हुलाक सेवा विभागको परिपत्र र निर्देशन बमोजिम म्याग्दे गाँउपालिका–४ छाङ्ग स्थित घुम्तीमा पालिका हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिए । सो कार्यालयको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

म्याग्देमा यस अघि इलाका स्तरको हुलाक कार्यालय समेत नरहेको हुँदा पालिका स्तरको हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए ।
सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हुलाकको स्थापना भएपछि म्याग्देका जनतालाई सुचनाको आदान प्रदानमा सहज हुने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले स्थानीय तहसँग समन्वय गरि जनताले सहज र सरल तरिकाले सेवा प्राप्त गर्ने विश्वास लिए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जिल्लाका अन्य सेवा जस्तै हुलाकलाई पनि पालिकासँग समन्वय गरेर सेवा प्रवाह गरेमा अझ प्रभावकारी हुने बताए । सो कार्यक्रमको सन्चालन जिल्ला हुलाक कार्यालयका नासु सचिन पौडेलले गरेका थिए भने स्वागत मन्तव्य कार्यालयका खरिदार हिमलाल ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू