तनहुँमा ११ अर्ब ४६ करोड राजश्व संकलन

Devghat Online

शेयर गरौ

दमौली, साउन २

तनहुँमा गत आर्थिक वर्ष ०७९÷०८० मा ११ अर्ब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक बर्ष ०७८÷०७९ को तुलनामा यो रकम एक अर्ब सतसठ्ठी करोड सैतिस लाख छत्तीस हजार ४७२ ले बढि हो ।

आर्थिक बर्ष ०७८÷०७९ मा सो कार्यालयले ९ अर्ब उनासी करोड छपन्न लाख सतसठ्ठी हजार राजश्व संकलन भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख बिनोद भट्टराईका अनुसार तनहुँका संघीय कार्यालयहरुबाट ११ अर्ब २३ करोड ५६ लाख ३३ हजार ८३६ र प्रदेश कार्यालयहरुबाट २३ करोड ३८ लाख २ हजार ६३५ रुपैयाँ राजश्व संकलन भएको हो ।

संघीय कार्यालयतर्फ सबैभन्दा राजश्व संकलन आन्तरिक राजश्व कार्यालय दमौलीले १० अर्ब ८० करोड ४७ लाख १३ हजार ५ सय नौ सय संकलन गरेको छ भने प्रदेश कार्यालयहरु मध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय विमलनगरले १८ करोड २० लाख ४९ हजार ५ सय ५५ राजश्व संकलन गरेको कोष नियन्त्रक प्रमुख भट्टराईले जानकारी दिए ।

तनहुँमा गत आर्थिक वर्षमा संघ सरकार अन्र्तगत चालु तर्फ ९ अर्ब ५८ करोड २४ लाख २० हजार ४८० बजेट बिनियोजन भएकोमा ९ अर्ब ४२ करोड ५६ लाख ७ हजार ४५३ खर्च भएको छ । जुन ९४.३६ प्रतिशत हुन आउँछ । त्यस्तै संघ सरकारको पुँजीगततर्फ ३ अर्ब ३२ करोड २७ लाख ९६ हजार ३९० रुपैयाँ बजेटमा मध्ये २ अर्ब १९ करोड ९७ लाख ४ हजार २०६ खर्च भएको छ । जुन ६५.९३ प्रतिशत हुन आउँछ ।

त्यसैगरी प्रदेश सरकार अन्र्तगत चालुतर्फ ८८ करोड ६९ हजार ५८९ रुपैयाँ ६६ करोड ४४ लाख १७ हजार ८४९ खर्च भएको छ । जुन ७५ प्रतिशत हुन आउँछ भने प्रदेश पुँजीगततर्फ २ अर्ब ९४ करोड ५१ लाख ५ हजार १८७ बजेटमा १ अर्ब ९६ करोड १२ लाख २१ हजार ९९४ खर्च भएको छ । जुन ६६.६९ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण