प्रकाश बगाले
माल्टा, जुलाई १९
माल्टा/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आगामी नेतृत्व ( २०२३–२०२५)को लागि जुलाई ३० गते निवार्चन हुने भएको छ । निर्वाचनमा ३ हजार १ सय ३८ जनाले मतदानमा भाग लिन पाउनेछन् । हाल सम्म अध्यक्षको पदको लागि रेमलाल खनाल र रोशन गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आगमि निर्वाचनका लागिआइसीसी सदस्य एवं माल्टाका पूर्व अध्यक्ष राजु अर्यालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जस अन्र्तगत समिति सदस्यहरुमा हरिप्रकाश विश्वकर्मा, ललित पाण्डे, आकास गुरुङ, उज्ज्वल केसी, कमल पोख्रेल र अमर रावल सदस्य छन् ।
आगामी नेतृत्व ( २० २३–२० २५)को लागि सहमतिको लागि पटक पटक प्रयास गर्न पनि सफल हुन नसकेको अध्यक्षका उम्मेदवार रेम्शलाल खनाल बताउँछन् । उनले अध्यक्ष पदमा रोशन गिरीलाई सघाउने प्रस्ताव लैजाँदा समेत उहाँहरु सहमतिमा आउन चाहानु भएन । हामी सहमति र सहकार्यकै बाटोमै छौँ उनले भने । अनेकौँ पटक सहमतिको प्रयास गर्दा सहमति हुन नसक्दा आफूले नेपालीहरुको हक र हितको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । उनले साथीहरु सहमतिमा आए अध्यक्षमा रोशन गिरीलाई सघाउने समेत बताएका छन् ।
अर्का उम्मेदवार रोशन गिरीले आगामी कार्यकालको लागि २३ सदस्यीय समिति रहने हुँदा आफ्नो टिममा रहेको साथीहरुलाई मिलाउन गाह्रो परेकाले सहमति हुन नसकेको बताएका छन् । अझै पनि सहमतिको प्रयासमा आफू रहेको भन्दै अन्तिम अवस्था सम्ममा पनि सहमतिको प्रयास रहने गिरीको भनाई छ ।
ं