शैक्षिक सहयोग र सामाजिक कार्यमा रकम जुटाउन सुन्तला बगैंचा निर्माण

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

व्यास नगरपालिका–१३ स्थित छापडाँडा भञ्ज्याङ टोल विकास संस्थाले सामाजिक कार्य र शैक्षिक सहयोग जुटाउने उद्देश्यले भन्ज्याङमा सुन्तला बगैंचा निर्माण गरेको छ ।

टोलबासीहरुले बुधबार सुन्तला बगैँचा निर्माणको लागि श्रमदान गरेका छन् । पहिलो चरणमा सुन्तला लगाईने जग्गा सरसफाई गरि पाँच सय वटा खाडल खनिएको टोल विकास संस्थाका सल्लाहाकार सागर पाण्डेले बताए ।

एसओसए बालग्राम नामक गैरसरकारी संस्थाले ५ सय वटा सुन्तलाको विरुवा निशुल्क उपलब्ध गराएको छ । उक्त सुन्तला फलेपछि त्यसको विक्रीबाट हुने आम्दानीले गरिव तथा जेहेन्दार बिद्यार्थीको छात्रवृत्ति, सरकारी बिधालय, आमा समूह, युवा क्लवलाई सहयोग एवम् विविध सामाजिक सेवामा प्रयोग गरिने पाण्डेले बताए । बगैंचा निर्माणमा सो टोलका सबै ९३ घरबाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण