नेकपा एस तनहुँका अध्यक्ष कार्की एमालेमा फर्किए

Devghat Online

शेयर गरौ

दमौली, साउन ५

नेकपा एकीकत समाजबादी तनहुँका अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमा फर्किएका छन् ।

शुक्रबार नेकपा एमाले जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा कार्कीलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमालेका सचिव तथा गन्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य किरण गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो अवसरमा एमाले नेताहरुले नेकपा एमालेको नेतृत्वमा मात्रै समाजबाद र समृद्धिको लक्ष्य पूरा हुने बताए । बाहिर अलमलमा रहेका कार्यकर्ताहरुलाई एमालेमा नै फर्किएर जिम्मेवारी लिन आग्रह गर्दै नेताहरुले पार्टीमा फर्कनेहरुलाई उचित जिम्मेवारी दिइने बताए ।

एमाले फर्किएका कार्कीले नेकपा एसको कुनै नीति र सिद्धान्त नभएको पार्टी हुँदा अब उक्त पार्टीका बसेर अलमलमा बस्न नहुने बताए । कार्कीसँग करिब एक दर्जन जिल्ला कमिटी सदस्य एमालेमा फर्किएका थिए ।

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको  अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो