प्रतापलाल श्रेष्ठ
हामीहरु नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव शिखरपुुरुष जनवादी आन्दोलनका रणनीतिकार कमरेड पुष्पलालको ४५ औं स्मृति दिवस मनाउन गै रहेका छौं । उहाँको निधन २०३५ सालको श्रावण ७ गते भारतको गोविन्द वल्लभ अस्पतालमा ५४ वर्षको उमेरमा निधन हुन गएको थियो । यसै सन्दर्भमा नेपाली क्रान्तिकारी कम्युनिष्टहरु परिवर्तनका वाहक जनताहरु किन कमरेड पुष्पलाललाई असिम श्रद्धाका साथ हेर्छन ? नेपालको समाज व्यवस्था परिवर्तन गर्न उहाँको के योगदानहरु रहे ? वारे थोरै चर्चा गर्न कोशिस गरिएको छ ।
जव हाम्रो देशमा राणाहरुले आफनो निरकुंस सिकन्जाहरु कस्दै लगेका थिए त्यति नै वेला तिर माक्र्स एंगेल्सले सुप्रसिद्ध पुस्तक कम्युनिष्ठ पार्टीको घोषणा पत्र प्रकाशन गर्दै थिए । यो पुस्तक संसारका श्रमजीविहरुको विगत वर्तमानको विश्लेषण र भविष्यवारे कोरिएको पुस्तक थियो । यो पुस्तक नेपालीहरुमा गुमनाम जस्तै थियो । प्रकाशन भएको करिव १०० वर्ष पछि कमरेड पुष्पलालले नेपालीमा उल्था गर्नु भयो । यो उल्था गरी २००५ सालमा प्रकाशन गर्दै गर्दा नेपालमा राणाशाहि व्यवस्था अन्तिम श्वास फेर्न लाग्दै थियो । यो पुस्तकको अध्ययनले नेपालमा मात्र होइन संसारमा श्रमजीविहरुको जीवन जतिसुकै कष्ठकर भएको भए पनि अध्याँरो छैन उज्योलो छ भनी विश्वास छरेको थियो ।
राणाशाही विरोधी आन्दोलन चलीरहेको वेला त्यसको गन्तव्य स्पष्ट थिएन । केवल जहांनीया राणाशाहीको अन्त्य मात्र थियो । कमरेड पुष्पलालले त्यसको लक्ष्य केवल राणाशाहीको अन्त्य मात्र नभई कुनैपनि खालको एकतन्त्रिय शासन व्यवस्थाको अन्त्य गरी जनवादी शासन व्यवस्थाको स्थापना थियो भनेर लक्ष्य ष्पष्ट पार्नु भएको थियो । त्यसै सन्दर्भमा राणाशाही विरोधि आन्दोलन जनता विचमा पु¥याउनु संगै नयां जनवादी आन्दोलनको स्वरुप ग्रहण गर्नु पर्ने रेखा कोर्नुभयो । यीनै शैद्धान्तिक र वैचारिक आधारहरु तयार पार्दै गर्ने क्रममा उहाँले नेपाल कम्युनिष्ट पार्टी निरंजन गोविन्द वैद्य, नरवहादुर कर्माचार्य, गोविन्द विलास पन्त र मोतिदेवीको साथमा गठन गर्नुभयो । पार्टी स्थापना गरेर उहाँले पु¥याउनु भएको योगदान अत्यन्त दुरगामी महत्वको रहेको छ ।
नेपाली समाजलाई कसरी हेर्ने, वुझ्ने कसरी विष्लेषण गर्ने कुने वैज्ञानिक दृष्टिकोण थिएन । कमरेड पुष्पलाले एतिहासिक भौतिकवादी दृष्टिकोणको आधरमा नेपाली समाजलाई हेर्ने वुझने संष्लेषण गर्नेको कुराको थालनि गर्नुभयो । यहि आधरमा नेपाली समाजको जन्म कसरी भयो ? कसरी अगाडि वढदैछ, अहिले कुन अवस्थामा छ ? नेपाली समाजको विकासको भविष्य कस्तो छ ? भन्ने कुरा पत्ता लगाउनु भयो । उहाँ नेपाली समाजलाई एतिहासिक भौतिकवादी ढंगले हेर्ने वुझने, विष्लेषण गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा नेपाली समाज आदिम साम्यवादी समाज, दास समाज हुदै सामन्ति युगमा छ । अहिले हाम्रो समाज पुँजिको प्रवेश हुनुका कारण अर्ध सामान्ति र अर्ध औपनीवेसिक अवस्थामा छ भनी, किटान गर्नुभयो । यो अर्धसामन्ति अवस्थाको समाजलाई तोड्नु भत्काउनु नै हाम्रो मुख्य कार्यभार हो भनी भन्नुभयो ।
नेपाली समाजको यो अवस्थालाई तोडने क्रान्तिको स्वरुप के हो ? पुजिवादी जनवादी क्रान्ति हो कि ? समाजवादी क्रान्ति हो कि भन्ने वारेमा पनि कमरेड पुष्पलालले ष्पष्ट विचारहरु अगाडि सार्नुभयो । नेपाली समाज अहिले अर्धसामान्ति र अर्धऔपनिवेसिक अवस्थामा भएकोले यो समाजलाई रुपान्तरण गर्नको लागि हामीले नयां जनवादी क्रान्ति गर्नु पर्छ भन्ने कुरालाई अगाडि सार्नुभयो । यो क्रान्ति सम्पन्न नभइकन हामी जनवाद, समाजवाद, साम्यवाद तर्फ अगाडि जान सक्दैनौं ।
यो क्रान्ति अगाडि वढने क्रममा नेपाली समाज धेरै प्रकारका अन्तरविरोधमा जेलिएकोछ । नेपाली समाज नेपाली समाजलाई चुस्न सामन्तहरु दलाल नोकर शाहीहरु छन् एका तिर भने अर्काे तिर सानो संख्या भए पनि राष्ट्रिय पुजिपति वर्ग मध्य पुजिपतिहरु निम्न पुजिपतिहरु गरिव भुमिहिन सर्वहाराहरु छन् । सामन्ति दलाल नोकरशाही र यसलाई नेतृत्व गर्ने राजतन्त्र र नेपालीहरु विचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो र अन्य अन्तर विरोधहरु गोण हुन भनी किटान गर्नु भयो । यसरी उहाँले राजतन्त्र विरुद्ध आन्दोलनलाई केन्द्रीत गर्नु पर्ने विचार अगाडि सार्नु भयो ।
नेपाली क्रान्तिलाई अगाडि वढाउने क्रममा उहाँले नेपाली समाजको वर्ग विष्लेषण गर्नु भयो । हाम्रो देशमा जमिन्दार वर्ग, धनी पुजिपति वर्ग मध्यम वर्ग, निम्न वर्ग, गरिव भुमीहिन सर्वहारा वर्गहरु छन् भनी विष्लेषण गर्नुभयो । सामान्ति दलाल नोकरशाहि र आम नेपालहरुको विचमा नै प्रधान अन्तर विरोध भएकोले आन्दोलन यिनैका विरुद्ध किटान गर्नु पर्ने धारण अगाडि सार्नु भयो । यसरी नेपाली समाजलाई वर्गिय दृष्टिकोणले हेर्ने वर्गहरुको भुमिकालाई देख्ने दृष्टिकोणलाई पहिलो पटक अगाडि सार्नुभयो । याने सही द्वन्दवादी दृष्टिकोण अगाडि सार्नुभयो ।
नेपाली जनवादी क्रान्तिलाई अगाडि वढाउने सिलसिलामा रणनीति र कार्यदिशाहरु निर्धारण गर्नुभयो । हामीले गरिने क्रान्ति जहिले सुकै पनि प्रतिक्रीयावादी सत्तालाई समाप्त गर्ने र जनताको जनवादी सत्ता स्थापना गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर अगाडि वढनु पर्छ भन्ने कुरालाई स्पष्ट पार्नुभयो ।
त्यसै नेपाली क्रान्तिको कार्यक्रमको सन्दर्भमा कमरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रम अगाडि सार्नूभयो । यो आफैमा एउटा सामन्तवाद साम्राज्यवाद विरोधी कार्यक्रम थियो । पु्ष्पलालले अगाडि सार्नु भएका कार्यक्रमहरुमा रहेका कतिपय अष्पष्टताहरुलाई मेटाउन जनताको वहुदलीय जनवादी कार्यक्रमले स्पस्ट पारेको छ । यो जवजको कार्यक्रम नेपाली कम्युनिष्ट आन्दोलनको एक मौलिक कार्यक्रम भएर आएको थियो ।
यो क्रान्ति सम्पन्न गर्न कमरेड पुष्पलालले विभिन्न शक्तिहरुको एकतालाई जोड दिनुभयो र जनवादी मोर्चा निर्माणमा जोड दिनुभयो । अझ कमरेड पुष्पलालले समान शत्रुका विरुध पन्चायत विरोधि शक्तिहरु नेपाली कांग्रेस सहित संयुक्त आन्दोलनको अवधारणा अगाडि सार्नुभयो । संयुक्त आन्दोलन प्रति नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला सकारात्मक नहुनु भएको कारण यो लागु हुन त सकेन तर ०४६ सालको पन्चायत विरोधी आन्दोलनमा भने संयुक्त आन्दोलन हुन गयो र पन्चायती व्यवस्था सधैको लागि अन्त्य भयो ।
कमरेड पुष्पलालले वैज्ञानिक ढंगले संगठन संचालन गर्न संगठनात्मक शिद्धान्तको पनि विकास गर्नु भयो । जसले गर्दा केन्द्रीय कमिटी, प्रान्तिय कमिटी, जिल्ला कमिटी गाउं कमिटी वडा कमिटीहरु गठन हुन गए । आम जनता कार्यकर्ताहरु संगठित हुने अवस्था श्रृजना भए । आज संगठनको जुन संजालको विकास भएको छ, त्यो पुष्पलालले अगाडि सार्नु भएको आधारशिलाले नै हो । कमरेड पुष्पलालले संगठनात्मक संरचनाहरुको विकास संगै जनवादी केन्द्रीयताको शिद्धान्तलाई पनि अगाडि सार्नु भयो । जसले गर्दा तल देखि माथि सम्म रहेका संगठनहरुको अधिकार कर्तव्य र अनुशासन पहिचान हुन सक्यो ।
कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउने क्रममा नेपाली जनतालाई संगठित गर्नको निम्ति पार्टीको प्रत्यक्ष वा अप्रत्यक्ष नेतृत्वमा अनकौं जनवर्गिय संगठनहरुको निर्माण र संचालनको अवधारणा विकास गर्नुभयो । जसले गर्दा पार्टी प्रतिवन्ध भएको वेलामा पनि (००८—०१४ ) ठूला ठुला किसान संघर्षहरु हुन गए ।
कमरेड पुष्पलालले नेपाली क्रान्तिलाई सही मार्ग निर्र्देशन गर्नुको साथै नेपाली संस्कृतिक आन्दोलनको दिशा निर्धारण गर्ने काममा पनि ठुलो योगदान गर्नुभयो । कमरेड पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेको महाविवादमा पनि अपेक्षाकृत सन्तुलित नीतिहरु अगाडि सार्नुभयो र नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउनुभयो ।
यसरी कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट तथा देशभक्त आन्दोलनमा ठुलो गुन लगाउनु भएको छ । परिवर्तनकारी नेपाली जनताको सम्झना सदा रहिरहनु भएको छ ।
लेखक नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्य तथा गण्डकी सचिव हुनुहुन्छ
२०८० श्रावण ७ गते