शुक्लागण्डकी च्यवनधाममा बोलबम महोत्सव हुने

Devghat Online

शेयर गरौ

शुक्लागन्डकी, साउन ७

तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा सोमबारबाट शिव महिमा बोलवम धार्मिक महोत्सव हुने भएको छ । उक्त बोलबम महिमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्ने छिन् ।

उक्त धार्मिक महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सुरु हुन अघि पहिलो दिन बिहान सेतीनदी र म्याग्देखोलाको संगमस्थल दोभानबाट बोलबम यात्रा प्रारम्भ हुने मुल समारोह समितिका संयोजक विमलप्रसाद रिमालले बताए । उनका अनुसार बोलबम यात्रा संगै भागवत् मञ्जरी राधिका दासी जीको उपस्थितीमा शुक्लागण्डकी नगरपालिकाको गेटबाट महोत्सव स्थल च्यवनधाम सम्म बिहान १० बजे बृहत् संगीतमय कलशयात्रा हुने छ ।

महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने च्यवनधाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले बताए । च्यवनधामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सवको तयारी बारे जानकारी दिन आईतबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू