बेवारिसे महिलाको उद्धार गरि उपचारकोलागि पठाईयो

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

व्यास नगरपालिका–३ देउराली नगर टोलमा करिब छ महिनादेखि बस्दै आएकी एक बेवारिसे मानसिकरुपम अस्वस्थ महिलाको उद्वार गरि उपचारको लागि ललितपुर पठाइएको छ । अन्दाजी २६ वर्षिया गिता कार्किलाई उद्वार गरी उपचारको लागि कोशिष नेपाल केन्द्रीय कार्यालय ललितपुर पठाइएको हो ।

महिलाको आपतकालिन उद्वार एवं व्यवस्थापनको लागि एम्बुलेन्समा राखेर कोशिष नामक संस्थामा पठाइएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । महिलाको कोशिस नेपालमा राखेर तीन महिना सम्म उपचार गरिने र उक्त खर्च व्यास नगरपालिकाले व्यवहोर्ने नगर प्रमुख न्यौपानेले बताए ।

उनले भने,‘प्रहरीको सहयोगमा उहाँलाई उपचारको लागि काठमान्डौ पठाएका छौं । उपचार खर्च वापत नगरपालिकाले मासिक १५ हजार कोशिस नेपाललाई उपलब्ध गराउने छ ।’ जनप्रतिनिधि र नगरप्रहरी सहित नगरपालिकाको एम्बुलेन्समा उक्त महिलालाई काठमान्डौं लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो