आमा समुहलाई नौमती बाजा हस्तान्तरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन ८ 

तनहॅूको बन्दिपुर गाउॅपालिका -२ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ ।

रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई सोमबार नौमती बाजा हस्तान्तरण गरिएको स्थानिय प्रबिना गुरूङले बताईन् ।

अमेरिकामा रहेका विनोद थापा, तपस भट्टराई, कुवेतमा रहेका राजेन्द्र बिराई, काठमाडौंमा रहेकी पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालले उक्त कार्यको लागी आर्थिक सहयोग गरेका हुन् ।

उक्त नौमती बाजा हस्तान्तरण गदैं प्रोफेसनल मिडिया ग्रुप एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नाैमती बाजा बितरण गरिएको बताए ।

मुकेन्देश्वरी आमा समुहकी अध्यक्ष शोभा गुरूङले बाजा ग्रहण पछि खुशी ब्यक्त गर्दै रिस्ती विकास समाजलाई समन्वय गरेकोमा धन्यवाद दिईन् ।

स्थानिय समाजसेवी एबं कांग्रेसका नेता रेशम गुरूङले सामाजिक कार्यमा सधै झै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको पहल गर्ने प्रतिबद्दता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो