व्यासमा ११ कक्षा विहानी समयमा सन्चालन गर्न रोक

Devghat Online

शेयर गरौ

दमौली, साउन ८

तनहूँको व्यास नगरपालिकाले आफनो नगर क्षेत्र भित्र ११ कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ । नगरपालिकाको आईतबार बसेका कार्यपालिकाको बैठकले कक्षा ११ मा बिहानी सत्रमा पठनपाठन गर्न रोक लगाएको हो ।
कक्षा ११ सञ्चालित सामुदायिक एवं संस्थागत विद्यालयलाई राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शिक्षण गर्नुपर्ने हुँदा दिवा सत्रमा नै सञ्चालन गर्न निर्देशन दिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

कक्षा ११ का लागि स्वीकृत पाठ्यक्रममा तोकिएको पाठ्यभार–कार्यघण्टा र विषयवस्तुहरु बिहानी सत्रमा मात्र कक्षा सञ्चालन गर्दा पूरा समय पठनपाठन नहुन हुँदा दिवा सत्रमा नै पठनपाठन गराउनु पर्ने उनले बताए ।

दिवा सत्रमा पठनपाठन गराउन कठिनाई भएमा ४५ मिनेटको कक्षा सञ्चालन गर्ने रुटिन सहित पेश गर्न समेत भनिएको छ । बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी कार्यक्रम हटाइएको नगरप्रमुख न्यौपानेले बताए ।

उनले भने, ‘विद्यालयले प्रत्येक विषय ४५ पढाउनुपर्ने पढाएनन्, गुणस्तर पनि कायम भएन, दोहोरो तलब खाने प्रवृत्ति पनि देखियो ।’ उनले दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो