दमौलीका फार्मेसीमा व्यासको अनुगमन, लाईसेन्स नभएका व्यक्ति औषधी बेच्दै

Devghat Online

शेयर गरौ

दमौली, साउन ८
तनहूँको व्यास नगरपालिकाले सोमबार दमौलीमा सञ्चालित २१ वटा फार्मेसीमा अनुगमन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको संयोजत्वमा नगरपालिकाले अनुगमन गरेको हो ।
नगरपालिकाले अनुगमनको क्रममा अधिकांश फार्मेसीमा लाइसेन्स नभएका व्यक्ति फार्मेसीमा बसेको अवस्थामा फेला परेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए । उनले भने, ‘औषधि पसलमा फार्मेसी पढेका र लाइसेन्स प्राप्त व्यक्ति मात्र बसेर औषधि बिक्री गर्न पाउछन् । तर, सञ्चालनमा रहेको अधिकांश मेडिकलहरुमा लाइसेन्स प्राप्त व्यक्ति भेटिएनन् ।’

त्यस्तै अनुगमनको क्रममा अधिकांश मेडिकल पसलहरु नगरपालिकामा दर्ता नभएको समेत भेटिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । अनुगमन टोलीले वेदान्त मेडिकल, आयु औषधी पसल, युनिक फर्मा, सिटि मेडिकल, विजय मेडिकल, पाण्डे फार्मेसी, स्टार पारस मेडिकल, मिर्लुङ मेडिकल हल, ऋषि फार्मेसी, निष्ठा फार्मेसी, श्रेया फार्मेसी, राकु मेडिकल सेन्टर, राना मेडिकल हल, कृष्ण मेडिकल फर्मा, सितल आयुर्वेद फर्मा, मित्रता फार्मेसी, हेल्थ केयर फार्मेसी, तनहूँ डेन्टर फार्मेसी, थापा मेडिकल हल र मिश्र मेडिकल हलमा अनुमगन गरेको थियो ।

नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङको अनुसार फार्मेसी पढेका व्यक्तिले लाइसेन्स लिएर भाडामा दिने विकृति व्याप्त छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधिकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको उनले बताईन् ।

केही मेडिकल हलबाट म्याद सकिएको औषधी समेत जफत गरिएको छ । औषधिको बिक्री वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधि पसलमा बस्नुपर्ने व्यवस्था गरेको भए पनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको गुरुङले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण