बक्सिङ खेलाडी वर्षालाई आमा समुहको सम्मान

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, साउन ८

तनहूँको घिरिङ गाउँपालिका–५ हटिया निवासी बक्सिङकी राष्ट्रिय खेलाडी वर्षा श्रेष्ठलाई सोही ठाउँको भगवती आमा समूहले सम्मान गरेको छ । त्रिभुवन आर्मी क्लबकी खेलाडी श्रेष्ठलाई आमा समुहले सोमबार सम्मान गरेको हो ।

साभुङ्ग हटियामा आयोजित कार्यक्रममा भगवती आमा समुहकि अध्यक्ष सुन मायाँ श्रेष्ठ र सरस्वती माविका शिक्षक सुशील कुमार श्रेष्ठले संयुक्त रुपमा बक्सिङ खेलाडी श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

घिरिङ गाउँपालिका–५ साभुङ्ग हटिया स्थायी घर भएकी श्रेष्ठ नेपाली सेनाको प्युठ दर्जामा कार्यरत छिन् । उनले त्रिभुवन आर्मी क्लब बाट २०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा बक्सिङको ५४ केजी समुह तर्फ प्रथम भई स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिइन् ।

विभिन्न ठाउँमा खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेकी बर्षाले आफ्नो जन्मभुमीको सम्मान बढाएकोले घर आएको अबसरमा सम्मान कार्यक्रम गरेको आमा समुहकी अध्यक्ष सुनमायाँ श्रेष्ठले बताइन् । सो अवसरमा बर्षाले भगवती आमा समुहलाई पाँच हजार रुपैया सहयोग गरेकी थिइन् ।

शिक्षक संघ घिरिङका अध्यक्ष नारायण श्रेष्ठ, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, शिक्षक होम बहादुर श्रेष्ठ लगायत सम्पुर्ण स्थानीय बासिहरुको उपस्थिमा कार्यक्रम सम्पन्न भएको थियो । सो सम्मान कार्यक्रम सन्चालन लक्ष्मी श्रेष्ठले गरेकी थिइन भने स्वागत मन्तव्य कमला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू