विभिन्न प्रलोभन देखाई महिलाहरुलाई ठगी गर्ने गिरी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १२

कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाइ ठगी गर्ने जिल्ला बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० बर्षिय महेश गिरी भन्ने मेघनाद गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाई २०७८ साल पुस महिनामा व्यास नगरपालिका–१० अँधेरीभञ्ज्याङका महिलाहरुबाट जम्मा ७ लाख ५० हजार रुपैया ठगी गरी हालसम्म फरार रहेका थिए ।

उनलाई विहिबार पक्राउ गरी ठगी सम्बन्धी मुद्दामा शुक्रबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त