विभिन्न प्रलोभन देखाई महिलाहरुलाई ठगी गर्ने गिरी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १२

कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाइ ठगी गर्ने जिल्ला बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० बर्षिय महेश गिरी भन्ने मेघनाद गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाई २०७८ साल पुस महिनामा व्यास नगरपालिका–१० अँधेरीभञ्ज्याङका महिलाहरुबाट जम्मा ७ लाख ५० हजार रुपैया ठगी गरी हालसम्म फरार रहेका थिए ।

उनलाई विहिबार पक्राउ गरी ठगी सम्बन्धी मुद्दामा शुक्रबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक