बुद्धसिंह मार्गको पहिरो हटाईयो

Devghat Online

शेयर गरौ

दमौली, भदौ १

गन्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको तनहुँको दमौली र चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्गको बन्दिपुर गाउँपालिका–६ आँपखोलामा गत साउन २६ गते राती गएको पहिरोको हटाईएको छ । बन्दिपुर गाउँपालिकाले शुक्रबार डोजर पठाएर उक्त पहिरो हटाएको हो । पहिरो खस्दा त्यस यता उक्त सडकमा यातयात बिच्छेद भएको थियो ।

पहिरो खसेर यातयात बन्द भएको बारेमा त्यस क्षेत्रका अगुवा हर्कबहादुर थापा सहितका बासिन्दाहरुले बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई जानकारी गराएपछि गाउँपालिका अध्यक्ष थापाले वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङसँग समन्वय गरेर उक्त पहिरो हटाउन डोजर पाएका थिए । यसबारेमा देवघाट अनलाइनमा समाचार प्रकाशित भएपछि मात्र उक्त सडकको पहिरोको बारेमा आफुले जानकारी पाएको अध्यक्ष थापाले बताए । सडकको पहिरो पन्छाएपछि यातयात सुचारु भएको अध्यक्ष थापाले बताए । पहिरोको बारेमा बेलैमा जानकारी नपाउँदा नागरिकहरुले दुख पाउनु परेको अध्यक्ष थापाले बताए ।

गन्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको बैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गन्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखी व्यास नपा–१३ को सोँढेसम्म १० कि.मि. कालोपत्रेको काम गरिरहेको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारयणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधिन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सन्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारयणगढ जानुभन्दा करिब २६ किलोमिटर छोटो पर्छ ।

उक्त सडक गन्डकी प्रदेश मातहत रहेपनि पुर्वाधार विकास कार्यालयले सडकको पहिरो पन्छाउने जिम्मेबारी आफ्नो कार्यालयको नभएको भन्दै जिम्मेबारीबाट पन्छिएका थिए । प्रदेश सरकारले अहिले १० किमि सडक कालोपत्रे गरिरहेको हुँदा त्यही १० कि.मि. भित्र हुने अवरोध हटाउने जिम्मेबारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भुमिका नहुने घिमिरेले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।