धार्मिक अतिक्रमण रोक्न काँग्रेस नेता भण्डारीको माग

Devghat Online

शेयर गरौ

वैदिक सनातन धर्मलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप

दमौली, भदौ २

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले धार्मिक अतिक्रमण रोक्न माग गरेका छन् । शनिबार विज्ञप्ति प्रकाशित गरि सांसद भण्डारीले केही दिन अघि धरानमा घटाईएको एक अस्वभाविक र अराजक घटनाले मर्माहत बनाएको बताएका छन् । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उछृङ्खल तत्वहरुले सामाजिक संजालमार्फत प्रचार गर्न खोजेको भन्दै भण्डारीले नेपाल बहुधार्मिक, बहुुभाषिक र बहुुसांस्कृतिक मुलुक भएको र परापूर्वकालदेखि यहाँ विविधताबीच अभेद्य एकता, अगाध श्रद्धा र सम्मान रहदै आएको बताएका छन् ।

आपसी सद्भाव तथा सहिष्णुताकायम राख्नका लागि सबै समुदाय अत्यन्त जिम्मेवार भएर आ–आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आएको गौरवपूूर्ण इतिहास र परम्परा रहेको भन्दै भण्डारीले वैदिक सनातन धर्म, परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, सम्प्रदाय र परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्धत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई जानकारी नै रहेको बताएका छन् ।

नेपालको कानुनले पनि शान्तिपूर्ण ढङ्गबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना अत्यन्त निन्दनीय भएको सांसद भण्डारीको भनाई छ ।

वैदिक सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतामा आक्रमण गर्ने तथा आस्थाका केन्द्रहरुमा धावा बोल्ने काम गरिएको भन्दै उनले यो केही गलत मनसाय बोकेका, नेपालमा शान्ति, स्थिरता, मेलमिलाप र एकता देख्न नचाहने अतिवादीहरुले द्धन्द्ध सिर्जना गराई लाभ लिन खोजेको बुुझ्न कुनै कठिनाई भएको बताएका छन् । यस्ता अराजकहरुलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाई राख्न भण्डारीले अपिल गरेका छन् ।

नेपालमा सताब्दीऔं देखि चल्दै आएका धर्म, संस्कृति र परम्परालाई कमजोर बनाउने तथा धर्म संस्कृतिको नाउँमा आपसी सद्भाव खल्बल्याई द्धन्द्ध निम्त्याउनका लागि अतिवादी तत्वहरुका अवाञ्छित क्रियाकलाप बढ्दै आएको र प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, वैदिक सनातन धर्मको अपमान गर्ने, हिन्दु धर्ममा रहेको शान्तिप्रियता र उच्च संस्कारलाई दुुत्कार्ने, अन्य धर्मको बढाई चढाई प्रचार गर्ने क्रम निरन्तर बढ्दै गएको भन्दै उनले यस्ता गतिविधिले भविष्यमा मुलुकमा ठूला दुुर्घटना निम्त्याउने जोखिम रहने हुँदा यस्ता खालका गैरजिम्मेवार, उत्ताउलो, भड्काउपूर्ण तथा गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्नका लागि सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण