भरतपुरमा सञ्चालनमा आयो आरम्भ कलेज, बीआईएम र बीएचएम पढाइ हुने

Devghat Online

शेयर गरौ

 

भरतपुर, भदौ ३

चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका ११ स्थित नहरचोकमा सञ्चालनमा आएको यस कलेजले स्नातक तहमा बीआईएम र बीएचएम अध्यापन गराउने कलेजले जानकारी दिएको छ ।

दुवै संकायको अध्यापन ४ वर्षको हुने कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिए । कलेजले व्यवहारिक, सैद्धान्तिक तथा विश्वव्यापीकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा सञ्चालन गर्न लागेको उनले बताए ।

बीआईएम र बीएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास लिएको कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले बताए । उनका अनुसार कलेजमा विद्यार्थी अनुकूल वातावरणमा अध्यापन गराइने छ ।

कलेजले दुवै संकायमा ६६र६६ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । चितवन र नवलपुरलाई लक्षित गर्दै सञ्चालन गरिएको यस कलेजले विद्यार्थीका लागि गाडीको समेत व्यवस्था गरेको छ । विद्यार्थीका लागि पहिलो वर्ष १ करोड ३२ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने कलेजले जनाएको छ । कलेज स्थापना पछि यस विषय अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्य हुने विश्वास कलेजको छ । कलेजमा दुई दशकदेखि अध्यापन गराउँदै आएका शिक्षकहरुले पढाउने प्रिन्सिपल सिवाकोटीले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा कमाउँदै पढ्दै गर्न पनि सकिने आरम्भ कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताए । बीएचएम र बीआईएम दुवै चार वर्षे कार्यक्रम हुन् । बीएचएमको लागि सात लाख ५० हजार र बीआईएमको लागि छ लाख रुपैयाँ तोकिएको छ । कलेजले भर्ना खोलेको पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक