व्यासको वार्षिक समिक्षा सम्पन्न, महिला वडा सचिवको प्रस्तुतीकरण अब्बल

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

स्थानिय तह पुर्नसंरचना पश्चात दमौलीकी पम्फा थापा बस्नेत वडा सचिव भएर काम गरेको ६ वर्ष भयो । व्यास नगरपालिकाको वडा नं ४ मा पहिलो पटक वडा सचिव भएर काम गरेकी बस्नेतले विगत ४ वर्ष देखि वडा नम्बर २ को कार्यालयमा काम गदै आएकी छन् । बस्नेत सहित चार जना महिला वडा सचिवहरुले वडा हाँकेर बसिरहेका छन् । मंगलबार नगरपालिकाको सभाहलमा आयोजित नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा कार्यक्रममा उनले अब्बल रुपमा आफनो वडाको कार्य विवरण सम्बन्धी प्रस्तुतीकरण राखिन् ।

उनले जस्तै वडा नम्बर ३ की वडा सचिव सावित्री आर्चाय, वडा नम्बर ४ की वडा सचिव सुमित्रा बराल र वडा नम्बर ११ की वडा सचिव लक्ष्मी अधिकारीले पनि अब्बल रुपमा आफनो वडाको वार्षिक समिक्षा प्रस्तुत गरिन् । समिक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा, १४ वटै वडाको गएको वर्षको समिक्षाको प्रस्तुतीकरण राखिएको थियो ।

१४ वटै वडाहरुले राखेको वार्षिक समिक्षा प्रस्तुतीकरणमा महिला वडा सचिवहरुले राखेको प्रस्तुतीकरण अब्बल मानिएको थियो । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा अध्यक्ष तथा शाखा प्रमुख तथा वडा सचिवको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरपालिकाको लेखा समितिका वरिष्ठ आन्तरिक लेखा परिक्षक कुमारकञ्चन जिसी, उद्योग पर्यटन श्रम तथा रोजगार प्रवर्दन शाखा प्रमुख राजेन्द्र कार्की, योजना तथा पूर्वधार विकास शाखा प्रमुख ई.डा.राजु पौडेल, सुचना तथा प्रविधि शाखा प्रमुख गोर्कणराज वाग्ले, वित्तिय प्रतिवेदन लेखा अधिकृत हेमन्त गुरुङ, जनशक्ति व्यवस्थापन शाखा प्रमुख रामचन्द्र हड्खले,भवन नियमन तथा घरनक्सापास शाखा प्रमुख ई.अमृत के.सी, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुली लगायतले प्रस्तुतीकरण गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भएकाले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए । नगर प्रमुख न्यौपानेले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले