देवघाटधाम जेसिजको आयोजनामा स्लो बाईक रेस तथा बक्तृत्वकला प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाटधाम जेसिजको आयोजनामा देवघाटधाम जेसिज सप्ताह-२०२३ को अवसरमा शुक्रबार स्लो बाईक रेश तथा अन्तर विद्यालय जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।

जेसिज सप्ताहको अवसरमा आयोजित विविध कार्यक्रमहरूमध्ये ट्राफिक नियम सम्बन्धि सचेतनाका लागि देवघाट ट्राफिक प्रहरीको सहकार्यमा स्लो बाईक रेश तथा विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

 

स्लो बाईक रेश प्रतियोगितामा सहभागी भएका १६ जना मध्ये सोबित राना प्रथम, शिशिर तिवारी द्वितीय र सफल समीर थापा तृतीय भएका छ्न् ।

त्यस्तै ११ वटा विद्यालयका २१ जना विद्यार्थीको सहभागिता रहेको बक्तृत्वकला प्रतियोगितामामा महेश संस्कृत गुरुकुलका दिग्बिजय लामिछाने प्रथम, वेदवेदाङ्ग गुरूकुलका बिपिन दाहाल द्वितीय, परमानन्द संस्कृत गुरूकुलमका श्रीधर पान्डे तृतीय भए भने रामजानकी आश्रम देवघाटका निलम लोककल्याणी, भृकुटी मावि सारङघाटका लक्ष्मण आले र वेदवेदाङ्ग गुरुकुलम देवघाट ५ का उज्ज्वल पौडेल सान्त्वना भए ।

बिजयीहरु सबैलाई देवघाट गाउँ पालिका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवन सिंह गुरूङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

देवघाटधाम जेसिजका अध्यक्ष विष्णुहरि सापकोटाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुन्यप्रसाद भट्टराईद्वारा सस्कृत भाषामा लिखित हितोपदेश पुस्तकको नेपालीमा रूपान्तरण गरिएको पुस्तकको गाउँपालिकाका अध्यक्ष थापाले विमोचन गरे । सोही कार्यक्रमको अवसरमा जेसिज सप्ताहको समापन पनि गरिएको थियो ।

जेसिज सप्ताह २०२३ को कार्यक्रमहरु भव्यरुपमा सम्पन्न भएको र यसले आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न प्रेरणा मिलेको देवघाटधाम जेसिजका अध्यक्ष विष्णुहरि सापकोटाले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले जेसिजले समाज परिवर्तनको लागि सकारात्मक कामहरु गर्दै आएको बताए । अध्यक्ष थापाले जेसिजका कार्यक्रमहरुलाई गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण