गैह्रीगाउँ हत्या प्रकरण:  पक्राउ परेका दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए 

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३०

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रकाउ परेका आरोपीमाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । गएराति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

हत्या आरोपमा प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनको भूमिकामाथि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनी हत्या लगत्तै आफैँ प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतले भन्यो, “उनी हत्यालगत्तै आफ्नो भाइ नवीनको हत्या भयो भन्दै प्रहरी वृत्त बानेश्वर पुगेका हुन् । तर, लुगाभरी रगत र हातमा समेत चोट लागेको देखिएपछि उनलाइ सोधपुछमा राखेका हाैँ ।

प्रहरीका अनुसार दीपेन्द्रका बुबासमेत यसअघि सोही मिलमा काम गरेर छोडेका थिए । त्यही समयदेखि उनी त्यहाँ आवतजावत गर्ने गरेको खुलेको छ । शुक्रबार पनि दीपेन्द्र घटनाअघि नै मिलमा पुगेको देखिएको प्रहरीले बताएको छ ।

दीपेन्द्रको मोटरसाइकल मिलकै पार्किङमा भेटिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार घटनाअघि दीपेन्द्र र मृतक नवीन राईले वडा कार्यालय ३२ नजिकैको एक पुलहाउसमा सँगै मदिरा पिएको खुलेको छ ।

उनीहरू मदिरा पसलबाट बेलुका १० बजे निस्किएका थिए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाका अनुसार घटना ११ बजेतिर घटेको हो । घटना हुनु केही समयअघि १० बजेर ५३ मिनेटमा दीपेन्द्र राई र नवीन राईबीच फोन सम्र्पक भएको देखिएको एआईजी थापाले जानकारी दिए । जसका कारण घटनामा दीपेन्द्र राईको भूमिका थप शंकास्पद भएको प्रहरीको भनाइ छ । उक्त मिल दोलखाका बालकृष्ण सिवाकोटीले सञ्चालन गरेका थिए ।

जडिबुटी पुगेर रोकियो अनुसन्धानमा खटिएको कुकुर

प्रहरीले घटनास्थलमा सीसीटिभी जडान नभएका कारण अनुसन्धानमा केही समस्या परेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपेन्द्र राईले अझैसम्म हत्या स्वीकार गरेका छैनन् ।

मदिरा पिएका राई अझै मदिराका कारण पूर्ण होसमा छैनन् । प्रहरीले थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । घटनास्थलमा मृतकको शव सुँघाएर छोडिएको कुकुर कोटेश्वर जडिबुटी पुलसम्म पुगेर अल्मलिएको छ ।

मिल सञ्चालक बालकृष्ण सिवाकोटीले कुमार भुजेल कबिर २० वर्षदेखि आफ्नो मिलमा कामदारको रूपमा बसेको बताए । “मान्छे राम्रो हो । अहिलेसम्म झैझगडा गरेको भन्ने सुनेको छैन । मदिरा सेवन पनि गर्दैन थियो । कसले किन यस्तो हत्या गर्‍यो ?,” शिवाकोटीले भने ।

चारजनाको शव प्रहरीले सुरक्षागार्ड बस्ने कोठाको बाहिर फेला पारेको थियो । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कुमार भुजेलकी आमा शुभद्रा केही दिन अघिमात्रै छोरा भेट्न आएकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय