राप्रपा तनहुँका कोषाध्यक्ष अधिकारीको निधन

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३०

राप्रपा तनहुँका कोषाध्यक्ष ५३ बर्षिय बिन्दुराज अधिकारीको निधन भएको छ । व्यास नपा-११ घर भई हाल व्यास- १ निवासी अधिकारीको शनिबार बिहान सवा ५ बजे मृत्यु भएको राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।

पिसाव सम्बन्धि संक्रमणबाट पीडित भएका अधिकारीको उपचारको क्रममा जिएमसी अस्पताल पोखरामा मृत्यु भएको अध्यक्ष घर्तीले जानकारी दिए ।

अधिकारीको निधनले राप्रपा तनहुँ स्तब्ध भएको भन्दै घर्तीले राप्रपाले एक कुशल ईमान्दार, निष्ठावान, राष्ट्र र राष्ट्रियता प्रति सँधै दृढ रहने राष्ट्रबादी व्यक्ति गुमाएकाे बताए ।
अध्यक्ष घर्तीले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल